लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

२४ वैशाख, काठमाडौं

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा न्यूनचापीय क्षेत्र सक्रिय छ ।
यसका कारण देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ । कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation