माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२३ बैशाख, गुल्मी 

गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नावय उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

सोही घटनामा ५४ वर्षीया हुमकला राना घाइते भएको र नीजको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation