मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

तेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। मोदीले शनिबार शपथ लिँदैछन्।

भारतीय सत्तानिकट पत्रकार सुधीर चौधरीले शपथग्रहण सामारोह नेपाली प्रधानमन्त्री प्रचण्ड सहभागी हुने उल्लेख गरेका छन्। यद्यपि प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने आधिकारिक निर्णय भइनसकेको बताए।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि प्रधानमन्त्री बन्न लागेका मोदीलाई बुधबार टेलिफोन गरेर बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सन् २०१४ मा बिजेपीबाट एकल बहुमतको सरकार बनाएर शपथ गरेका बेला पनि मोदीले विदेशी सरकार तथा राष्ट्र प्रमुखलाई बोलाएका थिए । यसपटक पनि नेपालसहित अन्य छिमेकी मुलुकका प्रमुखहरूलाई निम्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation