सुसेला काव्यशाला -५ सम्पन्न !

४ साउन, काठमाडौं

प्यालेस्टाइनी कविताहरूको वाचन र प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता दर्शाउने गीतहरूको प्रस्तुतिसहित “सुसेला काव्यशाला”को पाँचौ शृङ्खला सम्पन्न भएको छ।

सुसेला सङ्गीत समूहको आयोजना भएको शृङ्खलामा प्यालेस्टाइनी राष्ट्रिय कवि महमूद दरवेशलगायतका कविका चार कविता वाचन गरियो। कविहरू सङ्गीत, देव व्रत, शैलज पौडेलले कविता वाचन गरे।

त्यस्तै, सुसेलाका कलाकारहरू अन्जानबाबु, सबिर कार्की, आरती विष्ट, ठाकुर सुवेदी, अविनाश शर्मा, राग पौडेल, विश्व विशेषले “प्यालेस्टाइन, हामी तिम्रो साथमा छौं” लगायतका चार गीतहरू प्रस्तुत गरे।

कार्यक्रममा दिवस गौतमले पनि प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता गीत गाएका थिए।

सुसेलाद्वारा २०७९ सालदेखि कविता र गीतसहितको सिर्जनात्मक शृङ्खलाका रूपमा “सुसेला काव्यशाला” कार्यक्रम सुरू भएको हो। पहिलो शृङ्खला मण्डला थिएटरमा कवि विनोदविक्रम केसीका कविता र गीतहरूको प्रस्तुतिसहित सम्पन्न भएको थियो। दोस्रो शृङ्खला २०७९ सालकै फागुन १ मा, तेस्रो शृङ्खला २०८१ जेठ १० गते र चौथो शृङ्खला २०८१ फागुन १ गते सम्पन्न भएको थियो। तेस्रो शृङ्खलाबाट यो कार्यक्रम हुरी स्टुडियो, ललितपुरमा हुँदै आएको छ।

सुसेलाले यस शृङ्खलालाई हरेक महिनाको पहिलो शनिबार नियमित गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation