ठगी गर्ने पूर्व सिडियाे तुलसीराम गौतमसहित ५ कर्मचारी पक्राउ

सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम ऋण हिनामिना आरोपमा पक्राउ परेका छन् ।

मनोज न्यौपाने प्रमुख कार्यकारी अधिकृत हुनुअघि गौतम सेञ्चुरीका प्रमुख कार्यकारी अधिकृत थिए। सेञ्चुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि मनोज वरिष्ठ डेपुटी सीइओ छन्।

मनोजसँगै अन्य चार जना बहालवाला कर्मचारी पनि पक्राउ परेका छन्। उनीहरु पनि सेञ्चुरीबाटै आएका हुन्। दीलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी पक्राउ परेका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले गौतम, न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।

न्यौपाने २०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।

न्यौपाने पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भाञ्जा हुन्। न्यौपानेले सेञ्चुरीमा हुँदा दिएको ऋणकै विषयलाई लिएर प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation