न्युरोडमा बालेनलाई काम गर्न दिनुपर्छ-विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई न्युरोडमा काम गर्न दिनुपर्ने माग गरेका छन्।

आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बालेनले नागरिकहरूको लागि राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरेका हुन्।

उनले उक्त काममा संघले हस्तक्षेप गर्नु नहुने पनि बताए। उनले भने,‘न्युरोडमा नागरिकहरूको लागि सडक पेटी बढाउन जरुरी थियो,बालेनले जे गरेका थिए,ठिक गरेका थिए,उनलाई त्यहाँ काम गर्न दिनुपर्छ,संघले कुनै प्रकारको हस्तक्षेप गर्नुहुँदैन,फिर्ता हुनुपर्छ।’

काठमाडौं महानगरले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेपछि विवाद सुरु भएको थियो। सडक डिभिजन कार्यालय काठमाडौंले अनुमतिबिना सडक काटेको भन्दै पुन: सडक कालोपत्रे गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation