नासा र स्पेस एक्सले नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्दै

५ असोज, काठमाडौं

नासा र स्पेस एक्सले अर्को साता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने भएका छन्। नासा र स्पेसएक्सले यही सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा चालक दलसहितको नयाँ  अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका हुन्।

नासाका अन्तरिक्ष यात्री निक  र रोसकोमसका अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ ‘स्पेसएक्स क्रु-९ मिसन’ मा अन्तर्राष्ट्रिय स्पेस स्टेशन ९आईएसएस०मा प्रक्षेपण गर्ने तयारी गरिरहेको नासाले जनाएको छ।

यो उडान नासाको कमर्शियल क्रु प्रोग्रामअन्तर्गत स्पेसएक्स सँगको नौ चालक दल रोटेसन मिसन हो।

दुई अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट ‘स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यान’बाट अन्तरिक्षमा जाने कार्यक्रम छ।

नासाका अनुसार क्रु-९ ले तल्लो पृथ्वीको कक्षभन्दा बाहिर मानव अन्वेषणको लागि तयारी गर्न र पृथ्वीमा मानवतालाई फाइदा पुर्‍याउन नयाँ वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछ ।

गत जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट आइएसएस पुगेका नासा अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्स हेग र गोर्बुनोभसँगै पृथ्वी फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation