माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न !

२४ मंसिर, प्युठान

माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।

गाउँपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा माण्डवी गाउँपालिका वडा नम्बर ३ देबिस्थान सभाहलमा आइतबार सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाले भित्रका करिव १ सय ५० जना सेवाग्राहि नागरिक, राजनीतिक दल,साझेदारी संस्था,नगरपालिकाका कर्मचारीहरु लगाएत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा करिव एक दर्जन बढी प्रश्नहरु नागरिकहरुले आफ्नो प्रश्न तथा गुनासोहरु राखेका थिए ।

नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी (रोशन) उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारी र शाखागत प्रमुखहरु र वडा अध्यक्ष सम्बोधन गरेका थिए।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले पालिकाको हाल सम्मको प्रगति प्रतिबेदन प्रस्तुत समेत गरेका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै पालिकाले योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि उत्पादन तथा बजारीकरण गर्ने, कोसेली घर संचालन गर्ने,चिस्यान केन्द्र संचालनमा गर्न सम्बन्धित सरोकारवाला संग छलफल गर्ने, खानेपानीको समस्या समाधान गर्ने,शिक्षा क्षेत्रमा सुधार ल्याउने,धार्मिक तथा प्रयटकीयस्थल प्रचार-प्रसारमा लगायतका क्षेत्रलाई बिशेष प्राथमिकता दिंदै सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation