लेक लागेर एकजनाको मृत्यु !

२३ जेठ, काठमाडौं

उपल्लो मुस्ताङको लो-घेकर दामोदर कुण्ड गाउँपालिका-४ स्थित पवित्र तीर्थस्थल दामोमर कुण्डमा लेक लागेर एकजनाको मृत्यु भएको छ। नुवाकोट जिल्लाका ७० वर्षीय भोजबहादुर सिटौलाको मृत्यु भएको हो।

दामोदरकुण्डमा तीर्थयात्राको क्रममा बुधबार दिउँसो १२ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले बताए। मृतकको शव आज शुक्रबार हेलिकोप्टरबाट ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

बिहीबार प्रतिकुल मौसमका कारण मृतक सिटौलासहित परिवारका अन्य सदस्यको उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

दामोदर कुण्ड क्षेत्रमा रहेका अन्य तीर्थयात्रीबारे सुर्खाङ प्रहरी चौकी र दामोदर कुण्ड समितिमार्फत थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ। यो सिजनमा दामोदर कुण्डमा जाने भक्तजनलाई धर्मशालासहित अन्य स्थानमा सहज समन्वयका लागि जेठ २० गतेदेखि खुला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation