प्रतिनिधिसभा बैठक स्थगित !

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित भएको छ। शुक्रबार दिँसो १ बजे बस्नेगरी तय भएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय आयोग बन्नै पर्ने अडान राखेर विपक्षी दलहरूले सदनमा अवराेध गर्दै आएका छन्। खुलाउने प्रयास विफल भएपछि शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएकाे हाे।

यस प्रकरणलाई लिएर विपक्षीहरूले १३ गते देखि नै सदनमा अवरोध गर्दै आएका छन्। संवैधानिक व्यवस्था अनुसार १५ जेठमा बजेट प्रस्तुत गर्नैपर्ने भएकाले त्यसदिन भने उनीहरूले बैठक चल्न दिए।

तर त्यसपछि प्रक्रियामा विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेका छन्। बैठक सञ्चालनका लागि सभामुख र सत्तारुढ दलहरूले पटक–पटक उनीहरूसँग छलफल गरे पनि सहमति जुटेको छैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation