हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

२३ भदौ, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

सोमबार विज्ञप्ति निकालेर  थापाले गृहमन्त्रीले राजीनामा दिएर मात्र नपुग्‍ने भन्‍दै प्रधानमन्त्री  केपी शर्मा ओलीले जिम्मा लिनुपर्ने बताएका हुन्। ‘कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ’, उनले भनेका छन्।

थापाले जेनजीले उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्‍दै उनले  मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन् ।

‘युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय हुन्। मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हो, ‘ उनले भनेका छन्, ‘ यसको लागि संविधान संशोधन गर्नेदेखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानूनलाई आवश्यक संशोधन गरेर द्रुत गतिमा काम गर्नुपर्छ।’

२०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation