झण्डै आधा शताब्दी अघिका गाेठाक्ना पुग्दा…….! फोटोफिचर

              ज्ञामुराम न्यौपाने

पुजाका पूर्वजहरूले झण्डै आधा सताब्दी सम्म जंगली गोठहरुमा पशुपालन गरेर जीवन बिताएका थिए । त्यसबारे अध्ययन गर्न खाबाङ र स्याउलीवाङ एरिएका जंगली गोठक्नाहरुमा शनिबार ११ जना साथीहरु त्यहाँ पुग्यौं। जंगली गोठहरुको लामो अनुभव संगालेका लोक बहादुर केसी र चुडामणि शर्मा हाम्रो पथप्रदर्शक हुनुहुन्थ्यो।
देउराली, मालिंगा, तोसल्मारे , टेक्का, धन्द्रेङ, दसुलढुँगा, फुर्सेगोठक्ना, गौथलेडाँडा, कुकुर्चेन, भोल्टाताछे, तौर,पुनाखोर्य, घोरेढुँगा, गौडापात्ला, भेडाखोर,ठूलापात्ला, साईविस्नाका गोठक्नाहरु हेर्यौ। कैयौं गोठक्नाहरुबाट गोठहरु हटेपछि आजकल त्यहाँ जंगल र झाडिले ढाक्दै गएको देख्यौं। त्यो इलाकामा गोठबस्ने संस्कृति विगत ३०-४० वर्षदेखि लोप भएर भयो।
गोठवस्ने समयमा रुखभिरबाट लोटेर कैयौंको ज्यान गएको थियो। अखटेङका लोकु पाध्य-२०२४, सात्काचौरे भोपलाल शर्मा-२०३५, लैसारे बलराम शर्मा-२०१०, अकाल ज्यान गएको ठाउँहरु हेर्दा हामीहरू भावुक बन्यौं। उहाँहरूको सम्झनामा एक मिनट मौन धारण गर्यौ। साईबिसौनामा पोरे खाएर गौडा ठगिन्द्रका दाजु चुमानसिंहका १४ वटा भैंसी एकैदिन मरेको ठाउँ समेत हेर्यौं।
बाँझ, खर्सु, सरी, चाँप, कटुस, फुर्से, गुराँस, अयर, दबदबे, चन्दन, पाङ्ग्रो, चिन्ने, सौरका घना जंगल पायौं। गाईवस्तुको दाम्ला बाट्न प्रयोग हुने गोफ्लो, काली ऐशलु र जाईको झाडीहरु पनि देख्यौं।
गोठबस्नेहरुका अनुभव सुन्दा बाघ भालु र सिकारीको डर, गाईबस्तु लाेटेर मर्ने, घाइते पशुलाई ठाँडा बोक्नु पर्ने, जंगलमा पशु हराउने गर्दथ्ये । खाने खर्च सक्किने/ चोरी हुने, बच्चा र गर्भवतीहरुको दुःख, आगो निभ्ने, जाडो महिनामा एउटा काम्लाको भरमा रात बिताउनु पर्ने, दैनिक रुखभिर गर्नु पर्ने, दही मुहि बोकेर घर गोठको लामो यात्रा भै रहने आदि जस्ता समस्या जंगलमा बस्ने गोठालाहरुले दैनिक व्यहोरी रहनु पर्दथ्यो।
जीवनका सबै इच्छा, शिक्षा र सुविधा भुलेर पसुपालनको लागि घना जंगलका बीचमा रहने गोठक्नाहरुमा सिंगो जीवन बिताउने पूर्वजहरू वास्तवमै फरक विशेषताका ऐतिहासीक पात्रहरू थिए। इतिहासका पुर्खाको पौरख हेर्दा आज हामी कति धेरै अल्छी भइसक्यौ , आफैलाई प्रश्न गर्न मन लागिरहन्छ ।

तस्बिरहरू :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation