इजरायली सेनाद्वारा गाजाबाट ५१ प्यालेस्टिनी महिला पक्राउ

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले विज्ञप्ति जारी गरी ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको बताएका छन्। पक्राउ पर्नेमा ८२ वर्षीया महिला पनि रहेको उनीहरूले बताएका छन्।

समूहहरूले गाजाबाट महिला बन्दीको वास्तविक सङ्ख्या बढी रहेको  जानकारी आएको  तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्यांक रहेको बताएका छन्। ​विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार महिलाले यातना र अपमानको सामना गर्नुपरेको छ र गाजाका  अन्य बन्दी जस्तै पीडादायी परिस्थितिमा हिरासतमा राखिएका छन्।

इजरायलले मानवअधिकार संठनका वकिललाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोकेको र साथै रेडक्रसको अन्तरराष्ट्रिय समितिलाई त्यहाँ पहुँच दिन पनि अस्वीकार गरेको बताएको छ। इजरायली जेल प्रशासनले भने त्यहाँ केवल ६६१ जना गाजा बन्दी रहेको खुलासा गरेको छ र तिनीहरूलाई गैरकानूनी लडाकु भनेर दर्जा दिइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation