Pranmancha

Advertisment

SKIP THIS

क्याम्पस प्रमुखमाथि गोली प्रहार

बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ।

बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार गोली पिठ्युँमा लागेको छ।

उनले घटना आज साँझ ५ बजेतिर भएको बताए। गोली हान्ने व्यक्ति अज्ञात रहेको जानकारी दिँदै उनले कारण नखुलेको र अनुसन्धान भइरहेको बताए।

कुशवाहको अहिले बयोधा अस्पताल, वीरगञ्जमा उपचार भइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation