२९ असोज, काठमाडौं
नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
आमिरले एनपीएलसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो रहेको दावी गर्दै क्यानले बेवास्ता गरेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेका छन् ।
उनले नेपाल प्रिमियर लिग प्रालि र नेपाल क्रिकेट संघ (क्यान) बीच सहमति गरेर मात्र एनपीएल आयोजना गर्न आग्रह गरेका छन् । क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उल्लेख गरेका छन् ।
उनले त्यसका लागि ७ दिनको समय सीमा पनि दिएका छन् ।