कांग्रेससँगकाे मायाजाल ०६३ देखिकै हाे, एमालेसँग मिलेर गल्ती गर्याैँ : महरा

पदम प्रसाद पोख्रेल, घोराही

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नेपाल कम्युनिस्ट पार्टी माओवादी र नेपाली कांग्रेस बिचको सहकार्य (गठबन्धन) २०६३ अगावैबाट सुरु भएको बताएका छन् । दाङको घोराही उपमहानगर १० मा संयुक्त गठबन्धनद्वारा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै महराले कांग्रससँग जनयुद्ध कालदेखि नै सहयोग र सहकार्य हुँदै आएको बताएका हुन् । एक फरक प्रसंगमा महराले दिल्ली भेट्न पुगेका कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला, शुशिल कोइराला, गोविन्दराज जोसी लगायतका नेताहरुले भेटेको र उक्त भेटमा गिरिजाप्रसादले “अरु सबैसँग मिल्नु तर एमालेसँग कुनैपनि हालतमा नमिल्नु” भनेको तर आफुहरु घुमिफिरी एमालेहरुसँग मिल्न जाँदा धोका भएको पनि बताए ।
उनले केपी वलीको निरंकुश र सर्वसत्तावादी चरित्रले नेपालको संबैधानिक अंगहरुमा गरिएको चौतर्फी गैरसंवैधानिक हस्तक्षेप र दादागिरीका विरुद्ध सबै सच्चा लोकतन्त्रवादीहरु एक ठाउँमा आउनुपर्ने अनिवार्यतालई आत्मसात गरेर यो गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी) बनेकोले यो संयुक्त गठबन्धनले मुलुकलाई ठुलो दुर्घटनामाबाट बचाएको दावी गर्दै यो गठबन्धन प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पछि पनि कैयौं वर्ष सम्म एकढिक्का भएर जाने जिकिर गरे ।

माओवादी- कांग्रेसमा फरक छैन


जनयुद्धदेखि नै माओवादी पार्टीका बौद्धिक र प्रभावशाली नेता, निवर्तमान सभामुख तथा सांसद समेत रहेका कृष्णबहादुर महराले संसदीय व्यवस्थामा अव माओवादी र कांग्रेसबिच कुनै मतभिन्नता नभएको पनि बताए । उनले कांग्रेससँग लामो सहकार्य रहेको स्मरण गर्दै प्रजातन्त्र, लोकतन्त्र, राष्ट्रियता र संविधानको रक्षा लगायतका विषयमा कांग्रेस नै भरपर्दो पार्टी रहेको स्विकारे । अबका दिनमा कांग्रेस र माओवादीको बिचमा कुनै मत भिन्नता नरहेको बताएका हुन् ।

घोराही नगरलाई समृद्ध बनाउँछौँ- डायमण्ड


गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार पाएका माओवादीका केन्द्रीय सदस्य समेत रहेका हेमराज शर्मा ९डायमण्ड०ले आफुहरु निर्वाचित भएपछि घोराहीको मुहार फेर्दै समृद्ध शहर बनाउन आफु डटेर लाग्ने बताए । उनले उपमहानरपालिकालाई समृद्ध बनाउन माताहतका वडा कार्यालयलाई शक्तिशाली बनाउने र योजना, प्राविधिक आर्थिक लगायतका अधिकारहरु निष्फिक्री प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे । डायमण्डसँग नेकपा एमालेका नेता तथा निवर्तमान नगर मेयर नरुलाल चौधरी चुनावी मैदानमा उत्रिएका छन् ।
१० वर्षे सशस्त्र जनयुद्धमा कांग्रेसलाई समेत प्रधान वर्ग दुश्मन किटान गरेर हतियारबद्ध संघर्षको दौरानमा १७ हजार सहिदहरुको उम्चतम बलिदान भएर आएको गणतन्त्रमा सरकार र चुनावको बैशाखी बनेको नेपाली कांग्रेस र माओवादीमा अव कुनै पनि भिन्नता नभएको भनि महराले नै दावी गर्नुले माओवादी शक्ति कुन वर्गमा रुपान्तरण भयो भन्ने सवाल हो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सांसद राजु खनाल, माओवादी नेतृ तथा पुर्व मन्त्री रेखा शर्मा लगायतको मन्तव्य रहेको थियो । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले एमालेको स्वेच्छाचारी लुट खसोट र भ्रष्टाचार विरुद्ध पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई निर्धक्कसँग भोट गरि अत्याधिक बहुमतले विजयी बनाउन मतदाता, नेता एवम् कार्यकर्ताहरुलाई अपिल गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation