महानगरसँग भयाे पत्रकारकाे सम्झौता, अनसन लगायत संघर्षका कार्यक्रम फिर्ता

५ चैत, काठ्माडौँ

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङकाे क्रममा महानगरकाे प्रहरीकाे कुटपिटबाट घाइते पत्रकारकाे न्यायका लागि विगत एक हप्तादेखि राष्ट्रिय सभागृहमा जारी रिले अनसन आइतबारदेखि स्थगित भएको छ । अन्ततः महनगरले वार्तामा बाेलाएर घटनाकाे छानवीन तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रतिबद्ध भएपछि आगामी शुक्रबारसम्मकाे लागि संघर्षका सबै कार्यक्रम फिर्ता लिइएकाे श्रमजीवी पत्रकार संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताएका छन् ।

प्यूठानको नाैबहिनी गाउँपालिका ८ निवासी पदम प्रसाद पाेख्रेल घाेराहीमा रहेर पत्रकारीता गरिरहेका छन् । उनी महानगरकाे प्रहरीले बिनाकारण आक्रमण गरी सख्त घाइते भएपछि अहिले पनि उपचाररत छन् भने उनीसँग रहेका सञ्चार सामाग्री ल्यापटप, क्यामेरा, घरायसी प्रयाेजनका सरसामान, माेबालइल र झाेलासमेत महानगरकाे प्रहरीले लुटपाट गरेर गायव गरिरहेकाे छ । उनकै उपस्थितिमा राष्ट्रिय रिले अससन गरिएको थियाे ।

हिजाे काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन प्रमुख दीपक अधिकारी, सुरक्षा प्रमुख राजु पाण्डे, तथ पीडितकाे तर्फबाट संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसी, पदम प्रसाद पाेख्रेल (पीडित), प्रेम न्याैपाने, भरत आचार्य र अभियन्ता एवं अधिवक्ता युवराज सफलकाे उपस्थितिमा महानगरमा संयुक्त छलफल भएको हाे ।

सहमति अनुसार साे घटनाकाे छानवीन गर्न महानगर प्रशासन विभागका प्रमुख दीपक अधिकारीकाे संयाेजकत्वमा ५ सदस्यीय छानवीन समिति बनेकाे छ । साे समितिले शुक्रबारसम्म न्यायीक प्रतिवेदन सार्वजनिक गर्नेछ ।

पाेसिलाे खानपिन र उचित स्याहारसुसार पाउनुकाे सट्टा बिरानाे केन्द्रीय राजधानीमा चर्काे खडेरी र हावाहुरीकाे हुण्डरीबीच गम्भीर घाइते शरीर बाेकेर श्रमजीवी पत्रकार संघकाे अगुवाइमा थालिएकाे रिले अनसनकाे छैठौं दिनपछि बालेन प्रशासनले वार्तामा बाेलाएर सहमति भएपछि तत्काललाई संघका कार्यक्रम फिर्ता लिएकाे श्रमजीवी पत्रकार संघले जनाएको हाे ।

घाइते शरीर बाेकेर टन्टलापुर खडेरीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म थालिएकाे रिले अनसनमा साथ, सहयाेग र ऐक्यबद्धता जाहेर गर्ने सम्पूर्ण सञ्चारमाध्यम तथा आवद्ध पत्रकारहरु, साहित्यकार, मानवअधिकारकर्मीहरु, कानुन व्यवसायी, आफन्त तथा महानगरकाे ज्यादती विरुद्ध एकताबद्ध भएर हाैसला प्रदान गर्नुहुने सम्पूर्ण आफन्तजनहरुमा पीडित पदम प्रसाद पाेख्रेलले धन्यवाद ज्ञापन गरेका छन् । उनले भनेका छन्, “न्याय प्राप्तिको लडाइँमा साथ, सहयाेग, हाैसला, सुझाव, प्रश्न/प्रतिप्रश्न एवम् ऐक्यबद्धता जाहेर गर्ने सम्पूर्ण तप्कामा धन्यवाद छ, यद्यपि न्यायकाे लडाइँ सकिएकाे छैन । कुख्यात अपराधी एसपी मनाेज लामिछाने नेतृत्वकाे अपराधिक समूह विरुद्ध कानुनी उपचारकाे अब नयाँ ढंगले सुरुवात भएको छ ।”

गत साेमबारबाट महानगर प्रमुख बालेन्द्र शाहकाे कार्यकक्ष रहेकाे राष्ट्रिय सभागृहकाे मुलगेटमा अनसन बस्दा पनि महानगरपालिका बेखबर रहनु र नेपाल पत्रकार महासंघले पनि उदासीनता देखाउनु निकै दुखद भएको पीडित पदम पाेख्रेलले गुनासाे गरे ।

प्राणमञ्च मासिक तथा प्राणमञ्च अनलाइनका प्रधान सम्पादकसमेत रहेका पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे कुटपिट, ज्यादती र सञ्चार सामाग्री जफतकाे विषयमा नेपाल श्रमजीवी पत्रकार संघकाे अगुवाइमा मंगलबारदेखि रिले अनसन सुरु गरिएको थियाे ।

निशस्त्र सञ्चारकर्मीलाई एसपी मनाेज लामिछाने नेतृत्वको नगर प्रहरीले ज्यान मार्ने उदेश्यले लगातार अमानवीय ढंगले कुटपिट र लछारपछार गर्दा उनीसँग भएकाे (i7 8th Laptop/dell mouse) ल्यापटप, क्यामेरा(CANON, 6D MARK-2), माेबाइल vivo, Y-56), प्रेस परिचयपत्र र क्यामेरा ब्यागसमेत खाेसिएकाे थियाे भने घरायसी प्रयाेजनकाे लागि किनिएकाे रु ८ हजारकाे लत्ताकपडा, दुई हजारकाे मिठाईजन्य पदार्थ र एक हजारकाे फलफूलजन्य वस्तुपनि फ्याँकिएकाे / लुटिएको थियाे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation