धन्न नेपाल प्रहरी आयाे र बँचायाे ! – पदम प्रसाद पाेख्रेल

फागुन १६ गते काठमाडौंकाे सुन्धारामा महानगर प्रहरीबाट भएकाे बीभत्स हमलामा संयाेगले बाँचेकाे तस्बिर याे हाे । यसाे भनाैँ, अन्तिम प्रहरमा नेपाल प्रहरीकाे साथ र उद्धार नभएको भए यी शब्द र तस्बिर सदाकाे लागि त्यसैदिनदेखि अन्त्य हुन्थे, बन्द हुन्थे, याे आइडीबाट कुनै पनि पाेस्टिङ, क्रियाप्रतिक्रिया आउने पनि थिएनन् ।

महानगरका गुण्डाहरुकाे पञ्जाबाट मेराे अर्धबेहाेस शरीरलाई उठाएर राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइदिने नेपाल प्रहरीलाई स्यालुट छ ।

रक्तमुछेल घाइते अवस्थामा पैसा नभएकै कारणले उपचार निकै ढिलाे भयाे । केही छैन, संयाेगले बाँचियाे । ढिलै भएपनि उपचारकाे बिलिङ गरिदिने साथीभाइ र आफन्तहरुमा म ऋणी नै छुँ । बील भुक्तान भएपछि मेराे उपचारमा सहभागी राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरुमा धेरै-धेरै धन्यवाद ।

यसाे त मैले ३२ वर्षे जीवनकालमा पारिवारीक, सामाजिक, राजनीतिक, आर्थिक लगायतका कैयौं कठिन माेडहरुलाई कुसलतापूर्वक पार गर्दै आइरहेकाे नै छुँ ।

यावत् प्रकारका जटिल खुड्किला र हण्डरहरुबाट मैले कत्ति हरेस खाएकाे छैन, परन्तु खारिएकाे छुँ । तर महानगर प्रहरी नामका गुण्डाहरुकाे क्रुर हमलाले शरीरका विभिन्न भागमा मासु, नसा तथा हड्डीमा गम्भीर चाेटपटक लाग्याे । मासु च्यात्तियाे/फुट्याे । टाउकाे र शरीरभरि अहिलेसम्म अनगिन्ती चाेट र निलडामहरु छन् ।

मसलहरुका यी दुखाइले मलाई जीवनभर पिराेलिरहने त अवश्य नै छ । बिनाकारण भएको याे सांघातिक आक्रमणकाे पीडा आजीवन बाेक्नपर्ने त छँदैछ । उता श्रम गरिखाने अवसर पनि अब त्यति सहज नहुने भाे । याे क्रुर अन्यायकाे विरुद्ध न्यायकाे आवाज बुलन्द गर्ने श्रमजीवी पत्रकार संघ र त्यसका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीप्रति निकै आभारी छुँ । कुटपिट र लुटपाटबाट भएको सबै नाेक्सानीकाे एक-एक हिसाब महनगरसँग गरेरै छाड्ने प्रतिबद्धता उहाँले राखिनैरहनुभएकाे छ ।

अरु सबै समस्याहरु जतिसुकै भएपनि यसपटकको आर्थिक समस्याले याे बिरानाे शहरमा निकै रन्थनाइरहेका छ । सधैं निमुखा र पीँधका जनहरुका यस्तै जटिल समस्याको उठान र समाधानमा कस्सिने जमर्काे गरिरहन मन लाग्छ । तर, यसपालि भने आफ्नै शारीरिक, मानसिक र आर्थिक त्रिकाेणात्मक नाजुक अवस्थाबाट गुज्रिएको छुँ ।

आर्थिक अवस्थाले यतिबिघ्न निरीह बनायाे कि, मलाई अनिवार्य चाहिने बैसाखी किन्न सकिएन । थप उपचारकाे फ्लाेअप, चेकजाँच र अाैषधि लिनुपर्ने समय टार्न बाध्य बनाएकाे छ । यसले पनि मलाई दिर्घकालिन रुपमा असर त गर्नेनै छ ।

म याे कठीन समयलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछुँ । किनकि मैले नयाँ जीवन त प्राप्त गरेकाे छुँ नि । कम्तीमा बाँच्न त पाएकाे छुँ । ती जल्दादहरुले त निमाेठेर मार्नै खाेजेका थिए !

समाचारको लागि फोटो र भिडियो लिइराखेका समयमा ममाथि निर्घात कुटपिट गरी महानगरकै गाडीमा राखेर कुट्दै कुट्दै काठमाण्डौं महानगरसम्म लगिएको थियो ।

महानगर प्रहरीले कुटपिट र लुटपाट गरी निशस्त्र बनेपछि संयाेगले नेपाल प्रहरीले सुरक्षा प्रदान गरेको हो । सुन्धाराबाट महानगर परिसर जाँदासम्म बाँकी सबै सामान नगर प्रहरीले एकरएक गरी च्यातचुत र तोडफोड गरी गाडीबाट बाहिर फ्याकिदियाे । मलाई पनि मार्नेगरी घाँटी अठ्याउँदै गुडिरहेको गाडीबाट फ्याँक्न खोज्दा अपवादका केही प्रहरी जवानले रोकेका थिए ।

दायाँ खुट्टामा गम्भीर चोट लागेको मेराे शरीरभरी निलडाम र चोटपटक छन् । नाक र मुखबाट रगत बगिरहेको स्थितिमा नेपाल प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको लागि लगेको थियो । प्रहरीको कुटपिटबाट अन्य ५ जना फुटपाथ व्यवसायी र दुई जना महानगरका प्रहरी पनि गम्भीर घाइते भएको थिए । तर मसँग पैसा नभएको कारणले उपचार सबैभन्दा पछि भयाे, जतिबेला मेरा आफन्तहरु प्रेम न्याैपाने, भुमा पाेख्रेल, सराेज न्याैपाने र हरि भण्डारीहरु आइपुगेर (भुक्तानी) बिलिङ गरिदिए ।

मसँग भएको ल्यापटप, क्यामेरा, मोबाइल, लत्ताकपडा, फलफूल, क्यामेरा ब्याग लगायत झण्डै ४ लाखको सामग्री महानगर प्रहरीले जफत गरेको छ । मैले कानुनबमोजिम कारबाही र क्षतिपूर्तिको लागि सम्बद्ध सबैमा अपिल गरेकाे  पनि छुँ । विगत १३ वर्षदेखि सञ्चार क्षेत्रमा क्रियाशील म विगत लामाे समयदेखि नेपाल पत्रकार महासंघ प्यूठानका क्रियाशील सदस्य हुँ भने विगत ४ वर्षदेखि प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादककाे रुपमा काम गरिरहेकाे छुँ ।यस्ताे थियाे सुन्धाराकाे घटना विवरण:

साँझ ८ बज्दै थियो । म १० दिनको काठमाण्डौं बसाइ सकेर कर्मथलो दाङ फर्कने तयारीको लागि केही सरसामान किन्न न्युरोड बजार घुमे । कार्यालय प्रयोजनको लागि थान ल्यापटप किनेसँगै जहानपरिवारको लागि केही लत्ताकपडा, गुदपाकरपुष्टकारी तथा फलफूल गरि झन्डै ११ हजारको सामान किन्छन् । किनेकाे सरसामान, क्यामेरा, झाेला आदि वस्तुहरु व्यवस्थित गर्न पाएकाे पनि थिएनं ।

म साेहिदिन साढे आठ बजेको रात्री बसमा घोराही जानको कलंकीबाट बस चढ्ने गाडी स्टाफसँगको सल्लाह बमोजिम सुन्धारा अगाडि पठाओको लागि कुराकानी हुँदै गर्दा एकहुल फुटपाथ व्यवसायी सुन्धारा चोकमा जम्मा हुन्छन् । फुटपाथ व्यवसाय गर्न नदिने महानगरको निर्णय बमोजिम झण्डै १ सयको हाराहारीमा रहेको प्रहरीले व्यवसायीमाथि लाठी बजार्न सुरु गर्छ ।

एक जना व्यवसायीलाई कुटिरहेको प्रहरी जत्थाले  मैले भने पत्रकारको परिचयपत्र भिरेर अलिक टाढाबाट रिपोर्टिङ गरिरहेकाे थिएँ । अकस्मात् एक दर्जन बढी प्रहरी दौडिएर मलाई एक्कासि आक्रमण गर्छ । एक दर्जको हुलमा क्रमशः थपिँदै सबैजसो प्रहरीले ममाथि लाठीचार्ज, इटा, ढुङ्गा, मुक्का र बुट बजार्दै लछारपछार गर्छन् र मोबाईल, क्यामेरा, ल्यापटप आदि सबै सामान रहेको झोला अन्धाधुन्ध फ्याक्दै झण्डै १० मिनेटसम्म कुटेर महानगरको गाडीमा कुनै निर्जीव वस्तुजस्तै फ्याँक्छन् ।

म पत्रकार हाे, हेर्नुस् प्रेस परिचयपत्र पनि भिरेकाे छुँ, ममाथि आक्रमण नगर्नुस्, म त यहाँ बसेर रिपोर्टिङ गर्ने पत्रकार पनि हाेइन । मलाई दाङ जान ढिला भएको छ भनेर पटकपटक अनुनयवीनय गरेँ र त्याे क्रुर जत्थाले ममाथि निर्घात कुटपिट गरिनैरह्याे ।

त्यसपछि ट्रकमा चढेका सबैले ममाथि निर्घात कुटपिट गर्दै गुडिरहेको ट्रकबाट फ्याँक्ने धम्की दिँदै उचाल्छन्। अर्धबेहोस अवस्थामा रहेको सञ्चारकर्मीको हुलहुज्जतको त्यो प्रहरी जत्थाले कु कुनै अनुनय सुन्थ्यो न त कुनै दयाभाव नै देखाउँथ्यो ।

कैयौं सामान हुलमै गुमाइसकेकाे मलाई ज्यान कसरी जोगाउने भन्ने सकस भयो । भयाे कस्तोसम्म भने आततायी महानगर प्रहरी नामका गुण्डाहरुमध्य सबैभन्दा कम कसले कुट्छ, अथवा अलि सुस्त कसले हिर्काइरहेकाे छ उसैतिर लुप्किएर जाेगिनुपर्ने भयाे । बीभत्स ढंगले कुटपिट त सबैले नै गरिरहेका थिए ।  नेपाल प्रहरीले मानिस पक्राउ र कुटपिट गर्ने अधिकार कसले भन्दै नगर प्रहरीलाई हप्काउँदा सबै नाजबाफ हुन्छुन् । व्यवसायी र पत्रकारलाई एउटै ट्रकमा कोचेर कुट्दै महानगर पुर्‍याएका महानगर प्रहरी कमान्डर नेपाल प्रहरीका डिएसपीले बुझ्नखोज्दा रन्थनिएर फरार हुन्छन् ।

प्रतिरोधमा उत्रिएका व्यवसायीले वरपर भेटिएका ढुङ्गा मुढा बर्साउन खोज्छन् । झण्डै सयकै हाराहारीमा रहेका फुटपाथ व्ययवसायी प्रहरीको लाठीचार्ज र निर्घात कुटपिटबाट ५ जना बढी गम्भीर घाइते हुन्छन् भने दुई प्रहरी पनि घाइते हुन्छन् । मसहित महानगरकाे ट्रकमा अमानवीय ढंगले फ्याँकेर घाइते मानिसलाई तुरुन्तै उपचारकाे लागि अस्पताल लैजानुकाे सट्टा गाडीमा निर्घात कुटपिट र चरम यातना दिँदै काठमाडौं उपत्यका परिक्रमा गराइन्छ तर संयाेगले नेपाल प्रहरीले साे घटना थाहा पाएपछि राष्ट्रिय ट्रमा सेन्टरमा लैजान्छ ।

कुटपिट र गिरफ्तारी गर्ने अधिकार नगर प्रहरीलाई छ  ?
महानगर प्रहरीले कुनपनि सर्वसाधारणलाई कुटपिट र गिरफ्तारी गर्ने अधिकार दिएको छैन । उनीहरुले सामान्यतया: उत्पन्न समस्याको विषयमा सौहाद्र छलफल गर्ने, सम्झाइबुझाई गर्ने र स्थिति नियन्त्रणमा आउन नसके नेपाल प्रहरीलाई खबर गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर बालेनको फौजले उक्त कार्यविधि लत्याउँदै माइकिङ तथा बल प्रयोग गर्नुपर्ने स्थितिको जानकारी नगराई व्यवसायीमाथि मरणासन्न हुनेगरी कुटपिट, धरपकट गरेको हो ।

पत्रकारकाे न्यायकाे लागि दिलाउन नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठन महानगरमाtwitter sharing button

 महानगर प्रहरीले ममाथि गरेकाे सांघातिक हमला, कुटपिट र लुटपाटकाे विषयमा नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठनले आइतबार फागुन २० गते पुनः ध्यानाकर्षण गराए । सँगसँगै मैले पनि न्याय तथा क्षतिपूर्तिको लागि प्रदीप परियारसामु निवेदन /उजुरी पेस गरें ।

साे घटना भएको पाँचौ दिनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पाेख्रेल, केन्द्रीय सदस्य सुशील पाेख्रेल र भवानी पाण्डे तथा श्रमजीवी पत्रकार संगठनका अध्यक्ष जन्मदेव जैसी, चमन काेइराला, भरत माल्लाकार, प्रेम न्यौपाने र सरोज न्यौपानेको संयुक्त टाेलीले महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पाैडेललाई ध्यानाकर्षण गराएकाे हाे ।

महासंघका अध्यक्ष विपुल पाेख्रेलले आगामी दिनमा सहज ढंगले रिपोर्टिङ गर्ने वातावरणकाे सिर्जना गर्न महानगर थप जिम्मेवार हुनुपर्ने सुझाउँदै मेराे सम्पूर्ण उपचार खर्च महानगरले व्यहोर्नुपर्ने र खाेसिएका सबै सामाग्री अविलम्ब फिर्ता गरिदिन अपिल गर्दै त्यसाे नभए थप संघर्ष गर्न बाध्य हुने बताए ।

त्यस्तै श्रमजीवी पत्रकार संगठनले आइतबार पुनः एक ध्यानाकर्षण पत्र जारी गर्दै छिटोभन्दा छिटो न्याय तथा क्षतिपूर्ति नभए आन्दोलनमा उत्रिन बाध्य हुने  सो सगठनका केन्द्रिय अध्यक्ष जन्मदेव जैसी द्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्‍याे ।

श्रमजीवी पत्रकार संगठनकाे ध्यानाकर्षण पत्र र मैले लेखेकाे उजुरी निवेदन बुझ्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अप्रत्याशित साे घटनाले आफू निकै दुखित भएको बताउँदै नगर प्रहरीबाट पत्रकारमाथि भएको ज्यादतीका विषयमा सुरक्षाकर्मीसँग थप स्पस्टिकरण मागिने बताएका थिए ।

उनले १६ गतेकाे घटना र त्यसपछिका परिस्थितिले गम्भीर परिवेश निर्माण भएको स्विकार्दै आगामी दिनमा महानगर प्रहरीबाट त्यसाे हुन नदिने र उल्लेखित माग तथा मुद्दाउपर महानगर प्रमुख बालेन्द्र शाहसँग थप सल्लाह गरेर विषयवस्तुकाे छिट्टै सम्बाेधन गरिने प्रतिबद्धता पनि जनाएका थिए ।

  महानगरमा दिइएको निवेदन !

महानगर प्रमुख ज्यू, मिति :           २०८०/११/२०
काठमाण्डाैं महानगरपनलिका
न्यायीक समिति विभाग काठमाण्डौं, नेपाल

विषय : न्याय तथा क्षतिपूर्ति सम्बन्धमा

महाेदय,

मिति २०८०/११/१६ गते रातकाे ८ बजेकाे समयमा काठमाडौंकाे सुन्धारामा भएको फुटपाथ व्यवसायी र महानगरप्रहरीबिच भएको घटना सर्वबिदितै छ ।

साेही क्रममा म (प्यूठान जिल्ला नाैबहिनी गापा – ८ निवासी, नेपाल पत्रकार महासंघ प्युठान शाखाकाे सदस्यता नम्बर ८० काे क्रियाशील सदस्य तथा प्राणमञ्च मासिक र प्राणमञ्च डटकम अनलाइनकाे प्रधान सम्पादक) पनि १० दिनकाे काठमाडाैं बसाइ सकेर न्युराेड बजारमा कार्यालय तथा घरायसी प्रयाेजनकाे लागि सामान किनमेल गरेर कलंकीबाट रात्री बस चढेर दाङ फर्कनकाे लागि पठाओकाे प्रतिक्षामा रहेकाे बखत सुन्धारा चाेकमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच भएको भीडभाड र हानाहानकाे विषयमा रिपोर्टिङ गरिरहेकाे थिएँ । प्रेस परिचयपत्र गलामा भिरेर फाेटाे खिचिरहेकाे समयमा प्रहरीले बिनाकारण अकस्मात ममाथि जाइलागेर मरणासन्न हुनेगरी कुट्दा ठुलाे शारीरिक एवम् मानसिक क्षति भएको ।

निशस्त्र सञ्चारकर्मीलाई एसपी मनाेज लामिछाने नेतृत्वको नगर प्रहरीले ज्यान मार्ने उदेश्यले लगातार कुटपिट गरेकाे र विभत्स लछारपछारले मसँग भएकाे (i7 8th Laptop/dell mouse) ल्यापटप, क्यामेरा(CANON, 6D MARK-2), माेबाइल vivo, Y-56), प्रेस परिचयपत्र र क्यामेरा ब्यागसमेत खाेसिएकाे छ ।

त्यस्तै घरायसी प्रयाेजनकाे लागि किनिएकाे रु ८ हजारकाे लत्ताकपडा, दुई हजारकाे मिठाईजन्य पदार्थ र एक हजारकाे फलफूलजन्य वस्तुपनि फ्याँकिएकाे / लुटिएको छ । बाटाेमा हिंडिरहेकाे एउटा निहथ्था संचारकर्मीमाथि महानगरकाे प्रहरी बलले गरेकाे सांघातिक हमला, कुटपिट, धरपकट र गिरफ्तारीकाे जति निन्दा गरेपनि कम हुन्छ ।

१. कर्मथलाे दाङ जाने टिकट लिएर संयाेगले साे भीडमा पुगेर रिपोर्टिङ गरिरहेको अवस्थामा म प्रेस परिचयपत्र भिरेकाे र म पत्रकार हाे, ममाथि हातपात नगर्नुस् भनेर पटकपटक विनम्र अनुराेध गरेर त्यहाँबाट उम्किन खाेज्दा पनि एक दर्जन बढी महानगर प्ररहरीले मलाई नियन्त्रणमा लिएर लगातार कुटपिट र लुटपाट गर्नुकाे कारण स्पष्ट पार्न अनुराेध छ ।

२. मलाई नियन्त्रणमा लिएर पनि प्रहरी परिसर त्रिपुरेश्वर पुग्दासमम गाडीमा लगातार ज्यान मार्ने उदेश्यले गरेकाे निर्मम कुटपिटमामा संगलग्न नगर प्रहरीलाई कानुनबमोजिम कडा कारबाहीकाे माग गर्दछुँ ।
३. साथै लुटिएका/ खाेसिएका सम्पूर्ण सामाग्रीकाे ससम्मान फिर्ता, अनाहकमा भएकाे अमानवीय कुटपिटबाट लागेकाे चाेटपटककाे सम्पूर्ण उपचार खर्च प्राप्तिको लागि जाेडदार माग गर्दछुँ । (स्मरण रहाेस्: मेराे दायाँ खुट्टाकाे तिघ्रा र घुँडाकाे लिगामेन्ट´मासु` च्यात्तिएको छ, शरीरभरी असंख्य चाेटपटक र निलडाम छन् भने बायाँ खुट्टाको तिघ्राकाे हड्डीमा पनि गहिराे दुखाइ छ)

४. महानगरपालिकाले प्रेस जगतलाई भयरहित ढंगले पत्रकारीता गर्ने वातावरणकाे ज्ञारेन्टीकाे र आगामी दिनमा प्रेस जगत तथा पत्रकारहरुमाथि आक्रमण कदापि नगर्ने प्रतिबद्धताकाे जाेडदार माग गर्दै याे निवेदन पेस गरेकाे छुँ ।

श्रमजीवी पत्रकार संघकाे संघर्ष र सहमति 

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङकाे क्रममा महानगरकाे प्रहरीकाे कुटपिटबाट घाइते भएपछि मेराे तथा समग्र प्रेस जगतकाे न्यायका लागि विगत एक हप्तादेखि राष्ट्रिय सभागृहमा रिले अनसन भयाे । अन्ततः महनगरले वार्तामा बाेलाएर घटनाकाे छानवीन तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रतिबद्ध भएपछि आगामी शुक्रबारसम्मकाे लागि संघर्षका सबै कार्यक्रम फिर्ता भए । मसहितकाे उपस्थितिमा राष्ट्रिय सभागृहकाे गेटमा  रिले अससन गरिएको थियाे ।

साेही संघर्षकै दबाबबीच काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन प्रमुख दीपक अधिकारी, सुरक्षा प्रमुख राजु पाण्डे, तथ पीडितकाे तर्फबाट संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसी, पदम प्रसाद पाेख्रेल (पीडित), प्रेम न्याैपाने, भरत आचार्य र अभियन्ता एवं अधिवक्ता युवराज सफलकाे उपस्थितिमा महानगरमा संयुक्त छलफल भयाे ।

सहमति अनुसार साे घटनाकाे छानवीन गर्न महानगर प्रशासन विभागका प्रमुख दीपक अधिकारीकाे संयाेजकत्वमा ५ सदस्यीय छानवीन समिति बनेकाे छ । साे समितिले शुक्रबारसम्म न्यायीक प्रतिवेदन सार्वजनिक गर्नेछ ।

पाेसिलाे खानपिन र उचित स्याहारसुसार पाउनुकाे सट्टा बिरानाे केन्द्रीय राजधानीमा चर्काे खडेरी र हावाहुरीकाे हुण्डरीबीच गम्भीर घाइते शरीर बाेकेर श्रमजीवी पत्रकार संघकाे अगुवाइमा थालिएकाे रिले अनसनकाे छैठौं दिनपछि बालेन प्रशासनले वार्तामा बाेलाएर सहमति भएपछि तत्काललाई संघका कार्यक्रम फिर्ता लिएकाे श्रमजीवी पत्रकार संघले जनाएको हाे ।

घाइते शरीर बाेकेर टन्टलापुर खडेरीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म थालिएकाे रिले अनसनमा साथ, सहयाेग र ऐक्यबद्धता जाहेर गर्ने सम्पूर्ण सञ्चारमाध्यम तथा आवद्ध पत्रकारहरु, साहित्यकार, मानवअधिकारकर्मीहरु, कानुन व्यवसायी, आफन्त तथा महानगरकाे ज्यादती विरुद्ध एकताबद्ध भएर हाैसला प्रदान गर्नुहुने सम्पूर्ण आफन्तजनहरुमा धन्यवाद छ । याे न्याय प्राप्तिको लडाइँमा साथ, सहयाेग, हाैसला, सुझाव, प्रश्न/प्रतिप्रश्न एवम् ऐक्यबद्धता जाहेर गर्ने सम्पूर्ण तप्कामा धन्यवाद छ, यद्यपि न्यायकाे लडाइँ सकिएकाे छैन । कुख्यात अपराधी एसपी मनाेज लामिछाने नेतृत्वकाे अपराधिक समूह विरुद्ध कानुनी उपचारकाे अब नयाँ ढंगले सुरुवात भएको छ ।

महानगरका प्रहरी गुण्डाहरुबाट ममाथि यतिबिघ्न अपराध भएर घाइते शरीर बाेकेर अनसन बस्दा पनि महानगरपालिका रमिते हुनु त स्वभाविकै थियाे तर नेपाल पत्रकार महासंघले पनि अनपेक्षित उदासीनता देखाउँदा न्याय निरुपणकाे काम झनै अन्याेलमा पर्‍याे । त्यतिमात्र कहाँ हाे र ? अनसनकाे चाैथाे दिनमै महानगर वार्ता र समाधानकाे लागि तयार भएर श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी र प्रेम न्याैपाने तथा महानगरकाे प्रशासन प्रमुख दीपक अधिकारीबीच वार्ता भई सहमतिकाे सम्मुख पुगेकाे बेला पत्रकार महासंघ नामका दलाल प्रतिनिधि पात्रहरुले भाँझाे हालेर निकास अड्काउँदा थप दुई दिन संघर्ष गर्न बाध्य भइयाे । आवश्यक परे मेराे केसमा भएको महासंघकाे उदासीनता र लापरबाहीका किस्साहरु क्रमशः पस्कने छुँ ।

निशस्त्र सञ्चारकर्मीलाई एसपी मनाेज लामिछाने नेतृत्वको नगर प्रहरीले ज्यान मार्ने उदेश्यले लगातार अमानवीय ढंगले कुटपिट र लछारपछार गर्दा उनीसँग भएकाे (i7 8th Laptop/dell mouse) ल्यापटप, क्यामेरा(CANON, 6D MARK-2), माेबाइल vivo, Y-56), प्रेस परिचयपत्र र क्यामेरा ब्यागसमेत खाेसिएकाे थियाे भने घरायसी प्रयाेजनकाे लागि किनिएकाे रु ८ हजारकाे लत्ताकपडा, दुई हजारकाे मिठाईजन्य पदार्थ र एक हजारकाे फलफूलजन्य वस्तुपनि फ्याँकिएकाे / लुटिएको थियाे।

अन्त्यमा

मेरा सबै सञ्चार सामाग्री काठमाडौं महानगरका गुण्डाहरुले लुटेपनि, याे समयमा ममाथि परेकाे बज्रपातमा कैयौं तप्काले खुच्चिङ मारेपनि, नेपाल पत्रकार संघ अप्रत्याशित रमिते बनेपनि, मानवअधिकारकर्मी नामका डलरवादीहरु कानमा तेल हालेर बसेपनि, महानगरकाे राजशाही कार्यपालिका र उत्ताउलाे प्रशासनकाे कान, आँखा, मुख र दिमागमा प्राणघातक राेगका किटाणुहरुकाे गम्भीर संक्रमण भएपनि कुनैपनि हालतमा न्यायकाे आवाज बन्द हुनेछैन । लडाइँ जारी छ !

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation