ऐरावतीवासीका सुनौला सपना साकार पारेर छोड्ने छुंः बस्नेत

आगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको चुनाव मिति नजिकिएसँगै उम्मेदवारहरुको चहलपहल तिव्र भइरहेको छ । चुनावी लडाईमा निस्केका दल र उनका उम्मेदवारहरु मतदाताहरुलाई यो वा त्यो रुपमा आकर्षित गर्नको लागि आश्वासन र प्रतिबद्धताका लहरहरु पनि बढिरहेका छन् । तर मतदाता भने पाँच वर्ष अघि मतदातासमक्ष उम्मेदवारले गरेका प्रतिबद्धता र निर्वाचित जनप्रतिनिधिले गएको पाँच वर्षमा गरेका सकारात्मक र नकारात्मक कामको गहिरो समिक्षा गर्नुको साटो फर्जि आस्वासन र ललिपपको लेपनमा तछाडमछाड गरिरहेको देखिन्छ जुन एकदमै दुखद पक्ष हो ।
यसपालीको चुनावी अभियानमा होमिएका एक पात्र हुन् प्यूठान ऐरावती गाउँपालिकाको अध्यक्षका उम्मेदवार बुद्धबहादुर बस्नेत । २०७४ सालको स्थानीय निर्वाचनमा उनी नेकपा माओबादी केन्द्रबाट पालिका उपाध्यक्षमा विजयी हासिल गरेका थिए . उपाध्यक्ष हुँदा आफुले गरेको न्याय सम्पादन, कोरोना संक्रमणका कारण भारत र विभिन्न ठाउंमा अलपत्र परेका नागरिकलाई घरसम्म ल्याउने र कोरोना संक्रमितको उपचारमा बस्नेतले खेलेको भुमिकाको ऐरावतीमा मात्र होईन अहिले जिल्लाभर उस्तै चर्चा सुनिन्छ। पालिकाबासीको सेवामा अझै धेरै योगदान दिन अध्यक्षमा उम्मेदवारी दिएको बस्नेत सुनाउछन। जस्तोसुकै कठिन परिस्थितिमा आफुलाई जनताको सेवामा समर्पित गर्ने स्वभाव भएकै कारण बस्नेत ऐरावतीबासीकबिच लोकप्रिय रहेको स्थानीय बताउछन ।

राजनीतिक यात्रा

बस्नेत जनयुद्वकालबाटै राजनीतिमा प्रवेश गरेका हुन। २०५३ साल जेठ ५ मा पार्टीमा आवद्ध भएर उनी पुर्णकालिन कार्यकर्ता भएर युद्वमा सामेल भएका थिए।
जनयुद्वकै बखत उनले पार्टीको विभिन्न जनबर्गिय संगठनको कमाण्डर भएर मोर्चा सम्हाल्ने काम गरे ।
२०७४ मा किसान महासंघ क्रान्तिकारी केन्द्रको सचीव भएका उनी अहिले पार्टीको ऐरावती संगठन कमिटीको इन्चार्ज छन।
पार्टी भित्र बौद्धिक सैद्धान्तिक भद्र तथा सालिन नेताका रूपमा नेता बस्नेतको छवी छ ।
आफुले पालिका अध्यक्ष जितेर समृद्ध ऐरावति गाउँपालिका बनाउने अभियानमा होमिएका छन्।

बुद्धका प्रतिवद्धता

१. सामाजिक सुरक्षा भत्ता लिनको लागि ज्येष्ठ नागरिकलाई घरदेखि बैंकसम्म जान र फर्कनको लागि निःशुल्क यातायातको व्यवस्था गरिनेछ ।
२. वर्षमा २/२ जना विद्यार्थीलाई MBBS र नर्स साथै १ जना विद्यार्थीलाई पाइलट अध्ययनको लागि सम्पूर्ण शुल्क सहयोग गरिनेछ ।
३. वडा नं ४ को तिल्केनी चुत्रेनी क्षेत्र सहित स्वास्थ्य संस्थाबाट टाढा रहेका स्थानमा ६ महिनाभित्र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिनेछ ।
४. स्वास्थ्य संस्था र वडा कार्यालयको मातहत रहनेगरी पालिकाभित्र कम्तिमा तीन वटा एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । ज्येष्ठ नागरीक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराइनेछ ।
५. ज्येष्ठ नागरिक तथा दिर्घरोगीहरुको लागि मासिक रुपमा डाक्टर घरदैलो कार्यक्रम लागू गरिनेछ ।
६. छोरी जन्मिने बित्तिकै रु. २,०००/- छोरीको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।
७. एक घरपरिवारलाई मासिक २० युनिटसम्म विद्युत महशुल निःशुल्क बनाईनेछ ।
८. लिफ्ट खानेपानी र लिफ्ट सिँचाईको विद्युत महसुल पूर्ण निःशुल्क बनाईनेछ ।
९. खानेपानी योजनामा एक घर एक धाराको नीतिलाई कार्यान्वयन गरिनेछ ।
१०. ऐरावती गाउँपालिकालाई पूर्णरुपमा जातीय छुवाछुतमुक्त बनाइनेछ ।
११. चेरनेटा – पुरनठाँटी – जोगीटारी सडक मार्ग कालोपत्रे गरिनेछ ।
१२. चेरनेटा – चिना – जाबुने – अमिलि – कोलबोट – अर्घाखाँची सडक कालोपत्रे गरिनेछ ।
१३. बरौंला – कडकुरा – डाब्रा – माझिदमार – अर्घाखाँची सडक ४ लेनमा विस्तार गरी कालोपत्रे गरिनेछ ।
१४. कृषकको गोठ तथा फार्ममा कृषि तथा पशुविज्ञ अनिवार्य रुपमा पुग्ने व्यवस्था गरिनेछ ।
१५. हरेक जमिनमा सिँचाई सुविधा लगायत पूर्वाधारको विकास गरी कृषि सहकारी मार्फत ब्लक कार्यक्रम सञ्चालन गरी आगामी ५ वर्ष भित्र ऐरावतीलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाइनेछ।
१६. सबै घरका खरका छाना विस्थापित गरी जस्ताको छाना लगाउने व्यवस्था गरिनेछ ।
१७. व्यक्तिगत घटना दर्ता लगाएतका अधिकांश सेवा अनलाइन प्रणालीबाट गरीने व्यवस्था मिलाइने छ ।

१८.निजी शिक्षकहरुलाइ गाउँपालिकाको दरबन्दीमा मिलान गरिने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation