१० चैत, प्युठान
देशव्यापी रुपमा पुस्तक बिक्री अभियानमा निस्किएका वैज्ञानिक महावीर पुन यतिबेला प्युठान मा आइपुगेका छन् । पुनलाइ सनिबार लायन्स क्लव अफ प्युठानले जुम्रीमा स्वागत गरेको छ।
प्युठानमा रहेका महावीरले पुस्तक बिक्रीबाट प्राप्त भएको सबै रकम वीरगन्जकाे कृषि औजार कारखाना सञ्चालनमा लगानी गरिने बताएका छन् । पुस्तक खरिदमा देखिएकाे जनसाधारणकाे लहर, सहभागीता र सहयोगले आफू थप उत्साहित भएको बताए ।
आज प्युठानको भिङ्री , चकचके, जुम्री बजार र बाग्दुला लगायतका ठाउँहरुमा पुस्तक बिक्री गरिएको र भोलि खलंगा मल्लरानी हुँदै प्युठानका विभिन्न ठाउँहरुमा पुस्तक बिक्री गरिने पुनले बताए ।
वीरगञ्जकाे कृषि औजार उधोग सञ्चालन गर्नको लागि सहयोगार्थ डाक्टर पुनकाे टीमले विगग ६ महिनादेखि पुस्तक बेचिरहेकाे छ ।
हाल सम्म नेपालका विभिन्न जिल्लाहरुमा पुगि करिब ७० हजार पुस्तक बिक्री गरिएको पुनले बताए।
प्युठानमा शुक्रबारदेखि पुस्तक विक्री गर्दै हिडेका पुन आइतबार सम्म रहने पुनले बताएका छन् ।