


ललितपुरको ढोलाहिटीमा दुईवटा समूहको बिचमा विवाद हुँदा रेष्टुरेण्ट सञ्चालकले चक्कु प्रहार गरेको खुलेको छ ।
ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको हो । ढोलाहिटीस्थित डि–पोपिना नामको रेष्टुरेण्टमा विवाद भएपछि पहरीलाई खबर गर्नुको साटो रेष्टुरेण्ट सञ्चालकले चक्कु प्रहार गरेको आरोप छ ।
घटना बारे अनुसन्धान गर्न विजय राई र सुशील राईसहित ०१८ जनालाई पक्राउ गरेको चा ।पक्राउ गरिएकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे मंंगलबार पत्रकार सम्मेलन गरिने जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताए ।
चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको छ । रोबसको कोखमा र पुजनको तिघ्रामा चक्कुको डोब छ ।
केही समयअघि पठाएका किशोरहरू फेरि अर्को मानिस लिएर आएको रिसमा रेष्टुरेण्ट सञ्चालकले चक्कु झिके । केहीले रोक्न खोज्दै थिए तर, उनी रोकिएनन् । उनले रोबसको कोखामा चक्कु प्रहार गरे । उपचारको क्रममा पाटन हस्पिटलमा रोबसको मृत्यु भयो । पुनजलाई पनि विजयले नै चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको तिघ्रामा चोट लागेको छ । दुई युवाको हत्याको कारण ‘पुरानो रिसिबी’ भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।