मनमा लाग्ने झगबहादुरका कुरा, के सकिएला वाजी मार्न ?

प्यूठानको नाैबहिनी ८ काे वडाध्यक्ष पदका उम्मेदवार हुन युवा हस्तिहरु: मानबहादुर केसी र झगबहादुर जिसी । सामन उमेर समुह रहेका दुई प्रतिद्वन्द्वी मध्य मानबहादुर केसी कांग्रेस- माअाेवादी गठबन्धनका साझा उम्मेदवार हुन भने जिसी नेकपा एमालेका । त्यस्तै राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट पनि अर्का युवा हेमन्तराज भण्डारी पनि चुनावी मैदानमा उत्रिएका छन् । भाैगालिक हिसाबले झगबहादुर र मानबहादुर फाेप्लीवासी हुन् भने जनमाेर्चाका उम्मेदवार भण्डारी साविकको फाेप्ली १ लुप्लुङका स्थानीय हुन् । खाइलाग्दाे जिउज्यान भएका तिनै जना उम्मेदवार अाफुले जै जित्ने दावी गरिरहेका छन् । यद्यपि गठबन्धनका साझा उम्मेदवार रहेका मानबहादुर भएकोले चुनावी परिणाम उनकाे पक्षमा नअाउला भन्न सकिदैन किनक याे गठबन्धन २०७४ सालकाे स्थानीय निर्वाचनकाे निरन्तरता हाे । कांग्रेस-माअाेवादी मिलेर बनेकाे गठबन्धनको बिरुद्ध नेकपा एमालेले पनि प्रभावशाली युवालाई अगाडि सारेकाे छ । हरेक क्षेत्रमा केहि नयाँपन दिनुपर्छ भन्ने भावना बाेकेका जिसीले चार पृष्ठकाे लामाे प्रतिबद्धता पत्र सार्वजनिक गरेेर विकासका बुँदागत एजेन्डामा मतदातालाई अाकर्षित गरिरहेका छन् । उनले खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, स्वराेजगार, सडकको स्तरिकरण लगायतका कामलाई प्राथमिकतामा राखेका छन् । उता साझा गठबन्धनका प्रत्यासी मानबहादुर केसीले भने विगत लामाे समयदेखि अाफु जनताको काम गरिरहेकाले जनका समस्याहरु मन मस्तिष्कमा राखेकाे र निर्वाचित भएमा अाफुले अधिकतम् समस्याको समाधान गर्न लागि पर्ने बताए । प्राणमञ्चसँगकाे कुराकानीमा उनले वडाकाे हातमा हरेक समस्याको समाधान गर्ने अधिकार नभएको कारण अाफुले लम्बेतान घाेषणापत्रकाे अावश्यकता नठानेकाे जिकिर गरे। ´सैद्धान्तिक कुरा अावश्यक विषय हाे तर चुनावी प्रयाेजनमा उठाइएका कुराले मतदातालाई अाकर्षित त गर्ला तर जनतालाई समाधान चाहिएको छ, हाम्रो टिम त्यतातिर केन्द्रित रहने छ र कथमकदाचित पराजित भएपनि स्थानीय जनताका समस्याको समाधान गर्न निरन्तर लागिरहने छु, याे निर्वाचन त प्राबिधिक विषय मात्रै हाे मुख्य कुरा त समाजमा विद्यमान समस्याको हल गर्नु हाे, त्यसकारणा हामी व्यबहारिक रुपमा काम गरेर देखाउने हाे ।` २०७४ मा गठबन्धनका अाेविराम बिकले ११ सय ८५ भाेट लिएर विजयी हुँदा एमालेले ५ सय मत लिएको थियाे । हाल अाठ नम्बर वडामा कुल तिन हजार मतदाता रहेका छन् ।मेरो मानसपटलमा घुमिरहने धेरै समय देखिको सोच र सपना स्थानीय उत्पादन र त्यस्को उचित प्रयोग र उपभोग सहित विकास र समृद्धि लाई सिर मा राखी खानेपानी ,शिक्षा ,स्वास्थ ,कृषि ,पुवार्धार निर्माण, पर्यटनमा सवैको सहज पहुँच सहित स्थानिय स्तरमै रोजारगारका अबसरहरु सृजना,सामुहिकता सहितको सामुदायिक पद्धतिमा जान समाजवादको आधार नमुना सहित को नयाँ अभ्यास,जिल्ला कै उत्कृष्ट र नमुना वडा बनाउनु बाहेक अरु मेरो केही स्वार्थ छैन ।


त्यसै का लागि सबैजना सचेत गाउँबासी को साथ सहयोग र अमुल्य मतको अपेक्षा सहित एउटा निर्णय लिएको छु। मलाई यहाँ सम्म ल्याउन हौसला र साथ सहयोग गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछु । मलाई टिकट प्रदान गरेकोमा नेकपा एमाले पार्टिलाई सहृदय धेरै धेरै धन्यवाद अनि आभार प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation