नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच पहिलो टी-२० खेल आज

 घरेलु मैदानमा टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ ।

यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार, नेपाल र उल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् ।

यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ ।

उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे शुरु हुनेछ ।

ट्वान्टी-२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation