


१६ चैत, पाल्पा
पाल्पाको रिब्दिकोट गाउँपालिका १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पद्मा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
१९ वर्षीय सुनारलाई मङ्गलवार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । एक आपसमा झगडा भएपछि युवतीले प्रतिकार गर्दा सार्कीले हँसिया प्रहार गरी उनको हत्या गरेको पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।
चन्दले उनीहरूबिच के विषयमा विवाद भएको भन्ने अझै नखुलेको बताए। सुनार मंगलबार खोलामा नुहाउन र कपडा धुन गएका बेला आक्रमण भएको उनकाे भनाइ छ । पद्मा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्।
उनी स्थानीय शारदा मावि कक्षा १२ मा पढ्ने विद्यार्थी हुन्। प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान सुरु गरेको छ ।