Pranmancha

Advertisment

SKIP THIS

आईपीएलः कोलकातासँग दिल्ली १०६ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ।

कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टुबसले ५४ रन बनाए। डेबिड वार्नरले १८ र पृथ्वी शाहले १० रन मात्रै बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कोलकातका लागि वरुण चक्रवर्ती र वैभव अरोराले समान ३-३ विकेट लिए। यस्तै मिचेल स्टार्कले २ विकेट लिए भने आन्द्रे रशल र सुनिल नरिनले समान १-१ विकेट लिए।

त्यसअधि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो।

कोलकाताका सुनीलले सर्वाधिक ८५ रन बनाए।  यस्तै अंगकृष रघुवंशीले ५४, आन्द्रे रसेलले ४१, रिन्कु सिंहले २६, बनाए।  फिल साल्ट र श्रेयस य्यरले समान १८-१८ रन बनाए।

दिल्लीका लागि अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। यस्तै इशान्त शर्माले २ विकेट लिए भने खलील अहमद र मिचेल मार्शले समान १-१ विकेट लिए।

प्रतियोगितामा आज पञ्जाव किङ्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation