Pranmancha

Advertisment

SKIP THIS

आयरल्याण्ड उल्भ्सविरुद्ध आज दोस्रो एकदिवसीय खेल्दै नेपाल ए

एकदिवसीय शृंखलाअन्तर्गत शुक्रबार नेपाल आयरल्याण्ड उल्भ्सविरुद्ध दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरु हुनेछ।

यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो। यसैकारण नेपाल यो खेल जितेर शृंखला बराबरी गर्ने लक्ष्यमा छ ।

शृंखलाको अन्तिम खेल आइतबार हुनेछ।

नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation