“भू-बनाेट पुस्तकालय” काे संयाेजकमा अस्तित्व

सारीमा सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन, सञ्चालन समितिको अध्यक्षमा घनश्याम अस्तित्व

स्वर्गद्वारी नगरपालिका ५, सारी सामुदायिक भवनमा एक कार्यक्रमकाबीच सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।


भू-बनोट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्र नाम रहने पुस्तकालय तथा अध्ययन केन्द्र भवनकै एक कक्षमा स्थापना गरिएको छ । पुस्तकालय तथा अध्ययन केन्द्रमा विभिन्न विधाका पुस्तकहरू तथा पत्रपत्रिकाहरू रहने वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले बताए  ।

स्वर्गद्वारी नगरपालिका वडा नं. ५ का वडा अध्ययक्ष गिरबहादुर घर्ती मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि, साहित्यकार तथा वौद्विक व्यक्तिहरू श्याम लेकाली, युवराज घर्ती, देवराज जिएम, हरि राउत, घनश्याम अस्तित्व लगायतले रचना वाचन एवम् मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण स्थानीय बुद्धिजीवी एव बौद्धिक व्यक्तित्व गंगाराम बिसीले गरेका थिए ।

उक्त भेलाबाट अध्ययन केन्द्रको व्यवस्थापन तथा सञ्चालनका लागि घनश्याम अस्तित्व संयोजक, युवराज घर्ती सह-संयोजक, गंगाराम बिसी, हरी राउत, नवराज गोराथोकी, प्रतीक्षा भण्डारी र केशवराज भण्डारी सदस्य सहितको एक कार्यसमिति पनि गठन गरिएको छ । साथै वडा अध्यक्ष संरक्षक रहने अध्ययन केन्द्रको सल्लाहकारहरूमा भक्तबहादुर बुढाथोकी, यमराज गोराथोकी र देबराज जिएम चयन रहेका छन् ।

सोही अवसरमा पुस्तकालय निर्माणर्थ संकलन गरिएका पुस्तकहरू घनश्याम अस्तित्वले वडा अध्यक्ष गिरबहादुर घर्तीलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै वडाले यस क्षेत्रको साहित्यीक जागरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने चार स्रष्टाहरू घनश्याम अस्तित्व, युवराज घर्ती, देवराज जिएम र श्याम लेकालीलाई सम्मान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation