नेपाली भूमिमा निर्वाचन नहुने! छाङरु र तिङकरमा निर्वाचन टाेली पुग्यो

राष्ट्रघाती शासकहरुद्वारा २०४९ कार्तिक ५ (अक्टोबर २१, १९९२) मा भएको असमान सन्धिले गिजाेलेकाे नेपालकाे राष्ट्रयताकाे घाउ अाजसम्म अाउँदा झनै चर्किएको छ । ०७६ मा जारी नेपालकाे राजनीतिक तथा प्रशासनिक नक्सामा भारतले कब्जा गरेकाे भूभागलाई समेटिएको भएपनि भाेगचलन भारतले नै गरिरहेको छ । सिमा विवादकाे हल नहुँदै हुनगइरहेको बैशाख ३० काे स्थानीय तहकाे निर्वाचनले मुलुक तातिरहेको बेला दार्चुलाको जिल्लाका अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ । यद्यपि भारतीय सिमा नजिकका छाङरु र टिङकरमा भने निर्वाचन गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ । व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा मतदान अधिकृत मोहनसिंह धामी र कैलाशपति आधारभूत विद्यालय छाङरूमा मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली सोमबार बिहानै खलंगाबाट सेनाको हेलिकोप्टरमा उडेका हुन् । तिंकरमा दुई सय ३१ र छाडरूमा तीन सय ६५ मतदाता छन् । ६ महिना खलंगा र ६ महिना गाउँमा बस्ने यहाँका नागरिक निर्वाचनका लागि गाउँ उक्लिन थालेका छन् । नेपालतर्फको बाटो बिग्रिएकाले भारतीय बाटो प्रयोग गरेर जाँदै छन् । स्याटेलाइटबाट जनगणना गरिएको अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ ।
भारतले अतिक्रमण गरेको दार्चुलाको दाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ
व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा मतदान अधिकृत मोहनसिंह धामी र कैलाशपति आधारभूत विद्यालय छाडरूमा मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली सोमबार बिहानै खलंगाबाट सेनाको हेलिकोप्टरमा उडेका हुन् ।

तिंकरमा दुई सय ३१ र छाडरूमा तीन सय ६५ मतदाता छन् । ६ महिना खलंगा र ६ महिना गाउँमा बस्ने यहाँका नागरिक निर्वाचनका लागि गाउँ उक्लिन थालेका छन् । नेपालतर्फको बाटो बिग्रिएकाले भारतीय बाटो प्रयोग गरेर जाँदै छन् । स्याटेलाइटबाट जनगणना गरिएको अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation