![](https://pranmancha.com/wp-content/uploads/2024/04/rodarick-estwick_0aXMbxm0gO.jpg)
२५ चैत, काठमाडौँ
रोडेरिक ओ इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन् ।
टी–२० विश्वकपअघि नेपाल क्रिकेट संघ (क्यान) ले इस्टविकलाई राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त गरेको हो ।
६२ वर्षीय इस्टविक बारबाडोसमा जन्मिएका हुन् । उनी दायाँ हाते मध्यम तीव्र गतिका बलर हुन् । उनले सन् १९८२–८३ देखि १९८९–९० सम्म फस्ट क्लास क्रिकेट खेलेका थिए । उनले फस्ट क्लास क्रिकेटमा २१.९० को औसतले १ सय ४१ विकेट हात पारेका छन् ।