लुप्लुङ माध्यमिक विद्यालयमा “विपन्न, जेहेन्दार, अनुशासीत र मेधावी” विद्यार्थीहरुकाे उत्प्रेरणाकाे लागि सहयाेगार्थ स्थापित ´लाेकी पाेख्रेल स्मृति अक्षयकोष-२०७८` बाट ३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
गत २०७८ मा निधन भएकी लाेकी पाेख्रेलकाे स्मृतिमा निजका छाेराबुहारीहरुले रु ५० हजारकाे अक्षयकाेष निर्माण गरेका थिए । निजहरुले २०७८ मा घाेषणा गरेकाे काेषकाे रकम पहिलाे वार्षिकी २०७९ मा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । साेही बमोजिम १७ महिनाकाे ब्याज वापतकाे रकमले गरिब तथा जेहन्दारबाट कक्षा २ का विजय वि.क र कक्षा ६ का ओवी बि.क पुरस्कृत भएका छन् भने मेधावीतर्फ (अनुशासीत तथा पढाइमा अब्बल) कक्षा ९ का प्रशान्त भण्डारीलाई पुरस्कृत गरिएको छ । तीन जना विद्यार्थीहरुलाई झण्डै एक वर्षलाई पुग्ने कापीकलम सहित करिब १० हजार बराबरकाे शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
विद्यार्थीहरुलाई प्रति विद्यार्थी डेढ दर्जन कापी, विद्यालय पाेशाक, झाेला र तीन पाेका डटपेनसहित सम्मानपत्र प्रदान गरिएको अक्षयकोष दाता पदम प्रसाद पाेख्रेलले जानकारी दिए ।
पुरस्कार तथा सम्मान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारी, प्रधानाध्यापक बसन्त प्रसाद भण्डारी, छाेरा तथा बुहारीहरु पदम प्रसाद पाेख्रेल, बिमला पाेख्रेल, पार्वती न्याैपाने, पुतला पाेख्रेल, रेसमा अधिकारीले हस्तान्तरण गरेका हुन् ।
पुरस्कार वितरणसँगै साे काेषकाे रकम रु ५० हजारकाे चेक पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
पुरस्कार वितरण विद्यालयकाे वार्षिक नतिजा प्रकाशनकाे अवसरमा गरिएको हाे । नाैबहिनी ८ का वडा सदस्य हुमलाल भण्डारीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे सभापति नवनिर्वाचित अध्यक्ष श्रीराम भण्डारी रहेका थिए भने कार्यक्रमकाे सहजीकरण शिक्षक खेमराज भण्डारीले गरेका थिए ।
नाैबहिनी गाउँपालिका स्तरीय परिक्षामा लुप्लुङ माविले पहिलाे स्थानमा नतिजा निकाल्न सफल भएको छ ।