![](https://pranmancha.com/wp-content/uploads/2024/04/FB_IMG_1713011145120.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2024/04/FB_IMG_1713011145120.jpg)
एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।
त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए ।
यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।