आईपीएल : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

४ वैशाख, काठमाडौं

रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ ।

यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो ।

बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ८३ रन बनाए ।  फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२, अनुज रावतले २५ र महिपाल लोमरोरले १९ रन बनाए ।

हैदराबादका  प्याट कमिन्सले तीन, म्यांक मार्कान्डेले २ र टि-नटराजनले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको हैदराबादले २८७ रनको विशाल योगफल बनाएको थियो । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै हैदराबादले आईपीएल इतिहासकै कीर्तिमानी लक्ष्य दिएको थियो ।

चिन्नास्वामी स्टेडियम बेंग्लोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो ।

हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

तल्लोक्रममा एडेन माक्ररमले १७ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए । अब्दुल सामदले १० बलमा ४ चौका र ३ छक्कासहित ३७ रन बनाए ।

बेंग्लोरका लोकी फर्गुसनले २ र रिस टोप्लीले १ विकेट लिए ।

यो जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने बेंग्लोर अन्तिम १० स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation