पत्रकार बिग्रिएका कति छाैँ समीक्षा गराैँ तर अल्छी पक्कै भएका छाैँ- उदय

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिबेशन मंगलबार सम्पन्न भएको छ ।


साे अवसरमा बाेल्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकारहरु पेशागत मर्यादा र जिम्मेवारीमा कहीं कतै चुक्न नहुने बताए । कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने “हामी साँच्चिकै बिग्रीएका छाैं कि छैनाैँ याे गम्भीर समीक्षा त छँदैछ तर अल्छी चाहिँ पक्कै भएका छाैं, हामीले आफूलाई सहि ढंगले परिमार्जन पुरस्कृत गरेनाैँ र ´कपिपेस्ट`लाई नै समाचारका माध्यम बनायाैँ भने पत्रकारीता जीवनमा सिर्जनात्मक विकास, सामाजिक उत्तरदायित्व, देशकाे समग्र विकास र जनताका आवाज सेलाउदै जाने र पत्रकारीता समाप्त हुने दिशामा जानेछ।”

 


जनयुद्धताका एउटा समाचार रिपोर्टिङ गरेर एक हप्तासम्म प्रकाशन /प्रसारण हुने नियत आज बिज्ञान प्रविधिको विकासले मिनेटभरमै संसारभर प्रसारण हुने स्थितिकाे विकास भएको स्मरण गर्दै उनले नेपाल पत्रकार महासंघ दलिय छत्रछायाबाट मुक्त रहेर समाजकाे रुपान्तरण, पत्रकारहरुकाे पेसागत विकास र आचारसंहिताकाे कार्यान्वयनमा थप जिम्मेवार रहेर काम गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पाेख्रेल, संस्थागत अध्यक्ष इमानसिंह भारती, मेघराज भट्ट, प्रमुख जिल्ला अधिकारी लगायतले मन्तव्य राखे ।

साधारण सभा तथा अधिवेशनकाे अवसरमा विभिन्न क्षेत्रमा कलम चलाउने पत्रकार र विभिन्न ब्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर बिश्वकर्माको सम्झनामा स्थापित सम्मानबाट संघका पुर्व अध्यक्ष महावीर रानालाई सम्मान गरिएको छ ।


त्यस्तै प्रतिमान निमा स्मृति पुरस्कारबाट साहारा खबर डटकमका संचालक बासुदेब गिरीलाई प्रदान गरिएको छ ।
धनादेबी लिलाधर पत्रकारिता पुरस्कार रेडियो माण्डविका प्रबन्ध निर्देशक पदम सुबेदीलाई प्रदान गरिएको छ भने आर एण्ड आर निर्भिक पत्रकारिता पुरस्कार प्यूठान जागरण डटकमका सम्पादक लोकेन्द्र सुनारलाई प्रदान गरिएको छ ।
महिला सृजनशील पत्रकारिता पुरस्कार रेडियो महिला आवाजका पत्रकार शुसिला बुढालाई प्रदान गरिएको छ
स्वर्गीय बसन्ता भट्टको स्मृतिमा स्थापित महिला शसक्तिकरण पुरस्कार पैरवी अनलाइनका पत्रकार सिता बिकलाई प्रदान गरिएको छ ।
काशिराम स्मृति प्रतिभा पत्रकारिता पुरस्कार स्वर्गद्वारी अपडेटका पत्रकार सन्तोष सुनारलाई प्रदान गरेको छ । बन्दसत्रले पत्रकारको पेसागत सुरक्षामा गहन छलफल गर्दै आगामी कार्ययोजना समेत पारित गरेकाे । कार्यक्रममा बाेल्ने अधिकांश पत्रकारहरुले पत्रकार महासंघ नया सदस्यहरुतथा सुद्धिककरणकाे काम लथालिङ्ग छाेडेर अचुवाकाे भरमा अधिवेशनमा हाेमिएकाे प्रति आक्राेश व्यक्त गरे ।

 

त्यस्तै काठमाडौंकाे सुन्धारमा महानगर प्रहरी र पुटपाथ व्यवसायीबीचकाे झडपकाे रिपोर्टिङ गरिरहेकाे अवस्थामा महानगर प्रहरीबाट अकारण कुटपिट र लुटपातमा परेका प्राणमञ्च मासिकका सम्पादक पदम प्रसाद पाेख्रेलकाे विषयमा पनि केन्द्रकाे अधिवेशनमा थप छलफल गरेर न्याय निरुपणकाे कामलाई अगाडि बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation