

विगत एक हप्तादेखि प्यूठानकि एक महिला १८ महिने बच्चासहित बेपत्ता भएकी छन् । प्यूठानको नाैबहिनी गाउँपालिका ७ बास्काेट घाेवाङ्गे निवासी २८ वर्षीया अनिसा नामले चिनिने अम्बिका लामिछाने वैशाख १ बाट सम्पर्क बिहिन भएकी हुन् । बिहानै घरबाट माइत (गाेरखा जिल्ला) जाने भनी बच्चासहित हिँडेकाे र हालसम्म कहीँ कतै सम्पर्कमा नआएको उनका श्रीमान श्यामलाल सुवेदीले जानकारी दिएका छन् ।
कामकाे सिलसिलामा भारतकाे राजस्थानमा रहेका अम्बिकाका श्रीमानले एक हप्तासम्म आफ्नो श्रीमती र बच्चा सम्पर्कबिहिन भएपछि खाेजतलासका लागि सहयाेग गर्न सबैसँग अनुराेेध गरेका छन् ।
सम्पर्कबिहिन भएकी महिलाकाे माइतीघर गाेरखा जिल्लाकाे भिमसेनथान नगरपालिका २ मा पर्दछ । बैशाख १ गते बिहान ५ बजे घरबाट निस्केकि महिलालाई माइतीघर, आफन्त तथा साथीहरू सबैलाई साेधपुछ गर्दा पनि फेला नपरेपछि बिहिवार खाेजतलासकाे लागि ईलाका प्रहरी कार्यालय बाहाने प्यूठानलाई सबै विवरणसहित अनुराेध गरिएको निजकाे देउरानी एवम् नाैबहिनी ८ काे वडा सदस्य मिना सुवेदीले बताइन् ।
निजलाई भेटाउने जाेकाेहीले नजिककाे प्रहरी कार्यालय तथा उनका परिवारका सदस्यहरुकाे ९८६९८७९८२२ र ९८४८६९६९११ नम्बरमा सम्पर्क गरिदिन श्रीमान श्यामलाल सुवेदीले अनुराेध गरेका छन् ।