Pranmancha

Advertisment

SKIP THIS

पश्चिमा सहयोगविना रुससँग प्रतिरक्षा गर्न सक्ने अवस्था छैन् : जेलेन्स्की

उनले जमिन र हावाबाट रूसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्वीर प्रस्तुत गर्दै युक्रेनले पश्चिमा सहयोगबिना प्रतिरक्षा गर्न नसक्ने बताए। ‘यो स्पष्ट छ रूससँग हवाइ आक्रमणका लागि शक्ति छ। यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमीनमा हाम्रो क्षमता सीमित छ’, उनले भने।

जेलेन्स्कीले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’मा ६१ अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजलाई खोलिदिने वा नखोलिदिने भन्ने विषयमा शनिबार भएको मतदानलाई ‘अत्यन्त महत्त्वपूर्ण निर्णय’ भने। ​रिपब्लिकन पार्टीमा देखिएको राजनीतिक विवादका कारण गत वर्षदेखि नै सहायता वितरणमा ढिलाइ भइरहेको छ।

रूसी हवाइ आक्रमणका कारण कैयौँको मृत्यु हुनुका साथै घाइते भएपछि युक्रेनी नेताले युक्रेनी शहरको सुरक्षा गर्न र जीवन बचाउन किएभलाई थप हवाइ प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताए।

‘रक्षा गर्न, हामीलाई थप सात ‘प्याट्रियट्स’ वा यस्तै हवाइ रक्षा प्रणाली चाहिन्छ र यो न्यूनतम सङ्ख्या हो। ती हतियारले धेरै युक्रेनी जीवन बचाउन सक्छन् र स्थिति परिवर्तन गर्न सक्छन्’, नेटो-युक्रेन परिषद्को बैठकमा जेलेन्स्कीले भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation