Pranmancha

Advertisment

SKIP THIS

हावाहुरीले स्वास्थ्य चाैकीसहित दर्जन घर उडायाे


अविरल बर्षातसँगै अाएकाे हावाहुरीले प्यूठानको नाैबहीनी मा बितण्डा मच्चाएको छ । हावाहुरीले नाैबहीनी ८ फाेप्लीकाे स्वास्थ्य चाैकी भवन तहसनहस पारेकाे स्वास्थ्य चाैकी इन्चार्ज प्रकाश घिमिरेले जानकारी दिए । हावाहुरीले छानाे उडाएपछि भवनभित्र पानी पसेर मेडिसिन समाग्रीमा क्षति भएको पनि उनले बताए । अाज साँझ साडे पाँच बजेतिर अाएकाे हावाहुरीले फाेप्लीका स्थानीय शाेभाराम रसाइली, मिठि रसाइली, मनिराम बिक, दुजे बिक, निमलाल बिक, दुर्गा चुँधारा, दुर्गा चाैतारे, विरा सुनार, साेनु सुनार लगाएतकाे घरकाे छाना उडाएकाे नाैबहीनी ८ का वडाध्यक्ष मानबहादुर केसीले जानकारी दिए । त्यस्तै नाैबहीनी ७ बास्काेटमा पनि हावाहुरीले विद्यालयकाे छानाे उडाएकाे छ । हावाहुरीले स्कुलकाे अाधाभनदा धेरै छानाे उडाएकाे स्थानीय शिक्षक हुमलाल सुवेदीले जानकारी दिए । यस विषयमा नाैबहीनी गाउपालिकाका नवनिर्वाचित अध्यक्ष डिलाराम थापाले अाफु लुङकाे लेखमा भएको र त्यहाँस्थित अाफु बसेकाे घरकाे छानाे पनि उडाएकाे बताए । पालिकाकाे समग्र रिपाेर्ट नअाइसकेकाेले क्षतिकाे विवरण के कति छ भन्ने एकिन नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation