लेनिन शतवार्षिकी: राजनीतिक संकटकाे खाेजीमा दुईदिने गाेष्ठी- प्राणमञ्च अपडेट

काठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले  भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई केन्द्रमा राखेर निरन्तर क्रान्तिकाे दिशामा अघि बढ्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नेपालसहित चीन, भारत, बंगलादेश लगायतका कम्युनिस्ट पार्टीका चर्चित नेता, कम्युनिस्ट आन्दोलनका अध्यता एवम् वाम बुद्धिजीवीहरुकाे उल्लेख्य सहभागीता रह्यो ।लेनिनका महत्वपूर्ण रचना, विश्व कम्युनिस्ट आन्दोलनमा उनकाे याेगदान र आगामी दिनमा कम्युनिस्ट क्रान्तिकारीहरुकाे भूमिकाकाे विषयमा गहन छलफल भएको आयाेजक समिति सदस्य प्रमाेद धितालले बताए ।लेनिन स्मृति शतवार्षिकी मूल आयोजक समितिको आयोजनामा सोमबारदेखि काठमाडौंमा लेनिनको योगदानबारे चर्चा गर्न अन्तर्राष्ट्रिय गोष्ठी गरिएको संगीत स्राेताले बताए ।दुईदिने साे वृहत् गोष्ठीमा डा. महेश मास्के, टंक कार्की ,जोयदिप भट्टाचारएजि, हरि रोका, इन्फु चेङ र जियानकुन गाओ, अभिनव सिन्हा, माेहन वैद्य किरणसहित ८ जनाले लेनिनका महत्त्वपूर्ण याेगदानमाथि चर्चा गर्दै कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रस्तुत कार्यपत्रमाथि अधिवक्ता करूणा पराजुली, झलक सुवेदी, रोशन जनकपुरी, धमेन्द बस्तोला, रामराज रेग्मी, संगीत स्रोता, श्याम श्रेष्ठ र सिमर सिंहले टिप्पणी गरे ।

लेनिनको मृत्यु भएको सय वर्ष भएको सन्दर्भ पारेर लेनिनका विचार, योगदान र शिक्षाहरुका बारेमा गोष्ठीमा गहन छलफल गरेको शतवार्षिकी समितिका संयोजक निनु चापागाईंले जानकारी दिए । साथै उनले याे कार्यक्रम पनि नेपाली क्रान्तिकारी आन्दोलनकै एक कडी भएको बताउँदै कार्यक्रममा विभिन्न छिमेकी देश तथा देशभरबाट उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ताखाले कार्यक्रम पुन गरिरहन जरुरी रहेकाे बताए ।

 

कार्यक्रममा नेपाली समाजका सन्दर्भमा आजका राजनीतिक संकटको निकास खोज्न र विश्व समाजवादी क्रान्तिमा लेनिनवादको सान्दर्र्भिकताको बारेमा गहन छलफल भएको समितिका सदस्य हरि रोकाले बताए । लेनिनकाे महत्त्व नसकिएको बल्कि अभाव झनै खट्किएकाे किरणले बताए ।

 

उनले गफगाफ गरेर मात्रै नहुने भन्दै लेनिनका सार्वभाैैम मुल्यमान्यतालाई कुल्चिने नवमाक्र्सवादीहरुले माक्र्सवाद र लेनिनवादकाे दुरुपयोग गरेकाे बताउँदै सब भ्रमहरु चिर्न क्रान्ति नै जरुरी भएको बताए ।

कार्यक्रममा सुसेला संगीत समूहले विभिन्नखाले प्रगतिशील गीत प्रस्तुत गरेका थियो भने कवि बलराम तिमिल्सिना, विनोद विक्रम केसी र सन्देश गिरीले कविता प्रस्तुत गरेका थिए । सहभागीकाे तर्फबाट सुनिता बुढाथाेकी र झलकपाणी तिवारीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा हरेक कार्यपत्रमा सहभागीहरुले आलोचनात्मक तर्कसहितका सुझाव र प्रतिक्रियाहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation