धनुषाको एक होटलमा युवक मृत फेला

धनुषाको जनपुरस्थित एक होटलमा युवक मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१४ पिडारी चोकस्थित नमुना होटेल एण्ड गेष्ट हाउसमा मित कुसियैत यादव मृत भेटिएका हुन्।

हिरो साँझ ७ बजे होटल छिरेका यादव राति ११ बजे मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको डीएसपी अवाले बताए। यसअघि हिजो दिउँसो मात्रै जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation