आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ

१६ बैशाख, प्युठान

प्युठानमा आगलागीमा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्युठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरि जिल्ला अदालत प्युठानमा मुद्दा दर्ता गरिएको छ भने १ जनालाई अनुसन्धानको लागि पुलिस हिरासतमा पठाइएको छ।

पक्राउ पर्नेमा सरुमारानी – ४ बाट १ जना, प्युठान नगरपालिका ४ बाट १ जना ऐरावती- ५ बाट १ जना गरि तीनजनालाई पक्राउ गरि मुद्दा चलाएको र प्युठान नगरपालिका – १० को १ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको वन कार्यालय प्युठानका सहायक वन अधिकृत हरि पौडेलले बताए ।

पछिल्लो केही दिनमै जिल्ला भर १० हजार हेक्टर क्षेत्रफलमा आगलागी भएको वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्ला भर ७९ सामुदायिक वनमा आगलागी भएको छ।

आगलागी हुन नदिनका लागि विभिन्न उपाय अपनाउँदै विभिन्न ठाउँहरुमा सुराकी परिचालन, प्रचार प्रसार र पालिका स्तरीय आगलागी सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै आएको अधिकृत पौडेलले बताए ।

चैत देखि बैशाख २६ गतेसम्म जिल्ला भर ९५ वटा आगलागिका घटनाहरु गटेको र आगलागीबाट ९५ घर र ५० गोठ जलेका छन् । आगलागी बाट ७९ पशुचौपाय जलेर मृत्यु भएको छ भने १ सय ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation