सहिद मित्रमणीकाे स्मरण: काे हुन् कंग्रेसी गुण्डाहरुबाट मारिएका आचार्य ?

सहिद मित्रमणी आचार्यकाे स्मृतिको उपलक्ष्यमा अखिल छैठौंले स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

प्यूठानमा जन्मिएका मित्रमणी आचार्य सानै उमेरदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा हाेमिएका एक असल र निडर विद्यार्थी नेता थिए । चाैम अनेरास्ववियुका तत्कालीन केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस चितवनका स्ववियु सभापति समेत रहेका आचार्यलाई नेपाली कांग्रेस निकट नेवि संघका गुण्डाहरुले क्रुरतापूर्वक हत्या गरेका थिए ।

काे हुन् मित्रमणी ?

मित्रमणीकाे २०१९ असार ३ गते रम्दी प्युठानको तिघ्रामा सामान्य परिवारमा जन्म भएको थियाे । उनले मुक्ति मावि रातामाटाबाट एसएलसी पास गरेपछि २०३७ सालमा भैरहवाको पक्लिहवा क्याम्पसबाट आइएससीएजी पास गरे । विद्यार्थी राजनीतिसँगै पढाइमा तेज रहेका उनी २०३९ सालमा विएसस्सी पढ्न चितवन रामपुर कृषि क्याम्पसमा भर्ना भए । तत्कालीन चौम अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका उनी २०४२ मा रामपुर कृषि क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । निर्भीक क्रान्तिकारी र राम्रो वैचारिक ओज बाेकेका उनी तत्कालीन समयमा कांग्रेसकाे अखडा रहेकाे चितवनमा कंग्रेसी मुण्डलेहरुकाे लुटमा तगारो बने ।

आफ्नो लुट र दादागिरीमा बाधक मित्रमणी बनेकाे नेविसंघका अराजक गुण्डाहरुकाे निष्कर्ष भएपछि २०४२ वैशाख १८ गते मेघौली माविको अभिभावक छलफलमा जानेबेला क्रुरतापूर्वक उनकाे हत्या गरियाे । अखिल छैठौंका महासचिव सुवास जिसीका अनुसार

तत्कालीन पन्चकाङ्ग्रेसी गुण्डाहरुवाट भाला, छुरी र साइकलको चेन प्रयोग गरि मित्रमणीकाे हत्या गरिएको थियाे । जीवनकाे छाेटाे उमेरमै निकै लाेकप्रिय बनेका मित्रमणी आचार्यकाे अन्त्यष्टीमा चितवनका ३० हजार मानिसको उपस्थिती रहेकाे थियाे । जनस्तरमा निकै राम्रो सम्बन्ध बनाएका मित्रमणी आफु २३ वर्ष मात्र बाँचे ।

जनताप्रतिकाे निष्ठा, आन्दोलनमा हुनुपर्ने खटनपटन, रापताप र राजनीतिमा निष्कलंक छवि निर्माणमा प्रेरणादायी भुमिका निभाउने महान सहिद मित्रमणीकाे सम्झनामा अखिल छैठौंले हरेक वर्ष स्मृति दिवश मनाउने गर्दछ । सहिद मित्रमणीकाे सम्मान र सम्झनामा प्युठानकाे विजुवारमा सहिद स्तम्भ पनि निर्माण गरिएकाे छ । विजुवारकाे मित्रमणीचाेक जिल्लाकै चर्चित व्यापारिक केन्द्रमा रहेकाे छ ।

इतिहासमा त्यो दिन !

नरेन्द्रजंग पिटर

२०४२ को मई दिवस पूर्वी चितवनको लोथरमा मनाउने निधो थियो । प्रमुख अथितिमा रामपुर कृषि क्याम्पस स्ववियु सभापति मित्रमणि आचार्य (माइलादाइ) आउने भए।

१९ गतेको लागि हामी तयारीमा जुटेका थियाैँ । एकाबिहानै भण्डारामा एकसाथीले चित्रवहादुर श्रेष्ठको पत्र लिएर आइपुगे । पत्रमा लेखिएको थियो “हिजो मित्रको मेघाैली पर्सामा नेविसंघका राजनीतिक गुण्डाहरूले हत्या गरे । तपाइहरू पूर्वी चितवनका स्कूल हडताल गराँउदै भरतपुर अस्पताल आउनुस् ।” हामी निर्देशन बमाेजिम जिम्मेवारी निभाउदै अस्पताल पुग्दा हातमा पट्टि बाँधेका टिका पोख्रेल सकृय देखिन्थे ।अस्पतालमा अचम्मै भिड थियो । ३ वटा बेडमा क्रमसः मित्रमणी(मृतक) छेउमा विजय भूजेल र गितामणि पाण्डे बेहाेस थिए । दुवैलाइ काठमाडाैं रिफर्ड गरियो । प्रशासनले एम्बुलेन्समा नर्सिङ्ग सेवा दिएन । म र केदार श्रेष्ठलाइ बिरामी लगेर काठमाण्डु जाने निदेर्शन भयो। सलाइन चढाइरहेका विजयको हाेस कुरिनटार नजिक खुल्यो । थप व्यवस्थापनकाे लागि काठमाण्डु वीर अस्पतालमा विद्यार्थी अध्यक्ष देव गुरूग कुरिरहेका थिए ।

मित्रमणीकाे फोटो संबन्धमा:

त्यसवेलासम्म नेपालमा रंगिन फोटो कलर ल्याव थिएन । पर्सामा बलराम अर्यालको फोटाे स्टुडियो मार्फत हङकङगमा प्रिन्ट गराएर ल्याइयो । त्याे नै देशब्यापी बनाइएको हो। सलाम मित्रमणि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation