Pranmancha

Advertisment

SKIP THIS

हराएको जहाज लेतेमा दुर्घटना भएको पुष्टि गर्न सेना हिड्याे: प्रवक्ता

सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीकार्य जारी रहे तापनि हालसम्म पत्ता लाग्न सकेको छैन। हराइरहेको जहाज खोज्न नेपाली सेनाकाे हेलिकोप्टर प्रयोग गरिएको छ। यद्यपि, जहाज कहाँ छ र कुन अवस्थामा छ भन्ने पत्ता नलागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।बिहान ९ः५५ बजे पोखराबाट १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ९ एनइटी कलसाइनको ट्विनट्टर जहाज घोडेपानी कटेपछि १०ः३० बजेदेखि सम्पर्कविहीन भएको बताइएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो ।

‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्,’ प्रवक्ता सिलवालले भने ।
काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले बताए । ‘उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ । थप मान्छेहरू पोखराबाट लिएर घटनास्थलबाट गएको छ । थप खबर आउन बाँकी छ,’ उनले भने ।

प्रजिअ शर्माका अनुसार त्यस क्षेत्रको मौसम प्रतिकूल छ। हाल दुईवटा हेलिकोप्टर खोजीकार्यमा प्रयोग भइरहेका छन्। ‘हालसम्म हामीले सर्चिङ गरिरहेका छौँ, यो ठाउँमा हो कि भनेर शंका मात्रै लागेको हो, तर पत्ता लागेको छैन,’ प्रजिअ शर्माले भने, ‘मौसम प्रतिकूलका कारण खोजीकार्यमा समस्या भइरहेको छ।’

जहाजमा १३ जना नेपाली, चारजना भारतीय र दुईजना अन्य देशका नागरिक गरी १९ यात्रु र तीनजना चालक दलका सदस्यसहित २२ जना थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation