


सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी टोलमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब दुई सय घर जलेका छन्।
दिउँसो करिब २ बजे लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन। स्थानीयको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ।
आगलागीबाट करिब पाँच करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष जयश्वर किशोर दासले जानकारी दिए।