१८ बैशाख, प्यूठान

प्यूठान नगरपालिका ६ माझकोट गुरुङ्गाउँ स्थित जगदम्बा प्रा बिमा अध्ययनरत अग्नि पिडित बिद्यार्थीलाई नेपाल बिद्यार्थी संघ प्यूठानले राहत बितरण गरेकोछ ।

ने बि संघले उक्त बिद्यालयको सेवा क्षेत्रमा जंगलबाट आएको आगोले घर जल्दा बिद्यार्थीका झोला सहित पाठ्यपुस्तक जलेकाले राहत स्वरुप झोला, कपी, पेन र पेन्सिल लगायत स्टेशनरी सामान बितरण गरिएको नेबिसंघ प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसीले बताउनुभयो ।

प्यूठान नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ६ का अध्यक्ष नरेन्द्र पुन (एन पी) को प्रमुख आतिथ्यतामा जगदम्बा प्रा बिका २० जना बालबालिकालाई राहत बितरण गरिएको छ ।

गत बैशाख ११ र १२ गते जंगलबाट फैलिएको आगो गुरुङ्गाउँ बस्तिमा पुग्दा ५ घर र १२ गोठ जलेका थिए । यस्तै सोही बिद्यालयको सेवा क्षेत्र अन्तरगत पर्ने प्यूठान न पा ४ स्थित डाँडीपोखरीमा ४ घरगोठ जलेर नस्ट भएका थिए ।

प्यूठान नगरपालिकाको वडा नं ३, ४, ६, ७, ८, ९ र १० का विभिन्न समाुदायिक वनहरुबाट आगो फैलिएर गाउँबस्तिका केही घरहरु जल्दा स्थानियहरु आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेकाछन् ।
अग्नि पिडितहरुलाई विभिन्न क्षेत्रबाट राहात सामग्री बितरण हुँदै आएपनि दिगो व्यवस्थापनको प्रतिक्षामा रहेको अग्नि पिडितहरुले बताएकाछन् ।