टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

१९ बैशाख, काठमाडौँ 

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् । त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation