भेलुबाजेको रहस्यमय निधन

२० बैशाख, प्युठान

प्युठान नगरपालिका ५ जुम्रीकाँडा घर भएका मिनबहादुर बुढा मगरको आज दुखद निधन भएको छ। उनी हाँस्य टेलिश्रृङ्खलाहरूमा भेलुबाजेले चर्चित थिए । उनकाे आज जिल्ला अस्पताल प्युठानमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनको निधन रहस्यमय रहेको पारिवारिक स्राेतले हामीलाई जानकारी गराएकाे छ ।

विभिन्न युट्युब च्यानलहरूमा अश्लिल शब्दहरू बोल्न लगाएर विभिन्न युट्युबरहरूले उनको नामै भेलुबाजे भनेर राखिदिएका थिए। गाउँको सोझो वृद्धलाई युट्युबरहरूले अनावश्यक दुरुपयोग गरेको भनेर केही समय अगाडि प्युठान जिल्लामा उनको विषयमा व्यापक बहस भएको थियो र यसले देशव्यापी रुपमा पनि भेलु प्रवृत्तिको विषयमा बहस नै सिर्जना गरेको थियो ।

स्थानीय शिक्षक नरबहादुर घर्तीका अनुसार उनको शवलाई पोस्टमार्टम गरेर के कारणले मृत्यु भएको हाे भनी कारण स्पष्ट खुलाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation