परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

२१ बैशाख, काठमाडौँ

झापामा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको स्थानीयको भनाई छ ।

स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको भनिएपनि प्रहरीले भने गोली लागेको पुष्टि भइनसकेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णकुमार कुमार चन्दले आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको बताए ।

‘आवाज आएको हो तर के को भन्ने निश्चित छैन । घाइतेलाई स्थानीय अस्पताल लगिएको छ र अवस्था सामान्य भन्ने सूचना छ’, डीएसपी चन्दले रातोपाटीसँग भने,‘अनुसन्धान भइरहेको छ । अहिलेसम्म कोही पनि पक्राउ परेको छैन ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation