युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यका कर्मचारी निलम्बित

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुव्र्यवहारको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् । सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation