Pranmancha

Advertisment

SKIP THIS

आईपीएल: दिल्लीलाई हराएसँगै बेंगलुरुको प्लेअफ सम्भावना कायमै

दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकालदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबीले)ले प्लेअफ सम्भावना कायम राखेको छ।

आरसीबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो।

दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले ३९ सर्वाधिक ५७ रन बनाए। यस्तै साई होपले २९ रन जोडे। जेक फ्रेजर-मक्गर्कले २१ रन बनाए।

आरसीबीका लागि यश दयालले ३ विकेट लिए भने लोकी फर्गुसनले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनायो। आरसिबिका लागि रजत पतिदरले ५२ रन बनाए । यस्तै विल ज्याक्सले ४१ रन जोडे।

ग्रीनले ३२ रनको योगदान गर्दा विराट कोहलीले २७ रन बनाए।

दिल्लीका खलिल अहमद र रशिख सलामले २-२ विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १-१ विकेट लिए।

जित पछि पाँचौं स्थानमा उक्लिएको आरसीबीको १३ खेलमा १२ अंक भएको छ। तेस्रो स्थानमा रहेको चेन्नईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ।

दिल्ली र लखनऊ पनि १२ अंकमा नै रहेका छन्। तेस्रो र चौथो स्थानका लागि पाँच टोलीको सम्भावना कायमै रहेको छ। पहिलो स्थानमा रहेको कोलकता प्लेअफमा पुगिसकेको छ भने दोस्रो रहेको राजस्थानको पनि सम्भावना उच्च रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation