Pranmancha

Advertisment

SKIP THIS

आइपीएलको फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद भिड्दै

८ जेठ, काठमाडौं 

१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।

पहिलो क्वालिफायर आज राति पौने ८  बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ। दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ।

कोलकता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगेको छ। ८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ। तर, क्वालिफायर–१ मा कोलकाताले कहिल्यै हार बेहोरेका छैन।

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच  प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation