९ जेठ, काठमाडौं
![](https://pranmancha.com/wp-content/uploads/2024/05/Cricket_AwYKkHWi7G.jpg)
अमेरिकाले बंगलादेशलाई तीन टी–२० अन्तराष्ट्रिय शृंखलाको पहिलो खेलमा ५ विकेटले पराजित गरेको छ। बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो।
अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्कासहित सर्वाधिक ३४ रन बनाए। हरमित सिंहले १३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोडे। स्टेभेन टेलरले २८ तथा आन्द्रेस गुसले २३ रनको योगदान गरे। बंगलादेशका लागि मुस्तफिजुर रहमानले २ तथा शरिफूल इस्लाम र ऋषाद हुसेनले १–१ विकेट लिए।
त्यसअघि प्रेरि भ्यू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। बंगलादेशका लागि टोहिद हृदयले ४७ बलमा सर्वाधिक ५८ रन बनाए। मोहम्मद महदुल्लाहले ३१ तथा सौम्य सरकारले २० रन जोडे।
अमेरिकाका लागि स्टेभेन टेलरले २ तथा सौरभ नेत्रभल्कर, अलि खान र जेसी सिंहले १–१ विकेट लिए। शृंखलाको दोस्रो भोलि हुनेछ।